No 1 News portal From Nepal in Nepali

ब्लडप्रेशर लगायतका यति धेरै रोगको नियन्त्रण गर्छ कर्कलाले, यस्ता छन् कर्कला खानुका फाइदाहरु

एजेन्सी । कर्कलो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादमा निकै मिठो हुन्छ । यो प्राय मानिसहरुको भान्सामा नियमित पाकिने तरकाली हो ।

कर्कलो को पात र तरकारी ले ब्लडप्रेशर लाई कंट्रोल गर्दछ। यस लाई खाना ले त-नाव कम गर्दछ जसले गर्दा तपाई को ब्लडप्रेशर कंट्रोल मा रहने गर्दछ । पेट दुखेको समस्या हुदा पनी कर्कलो लाभदायक हुदछ।

कर्कलो को पात हरु लाई पानी मा उसिनेर, उक्त पानी मा अलिकती घीउ मिसाएर ३ दिन सम्म पिउनाले आराम मिल्दछ । कर्कलो पात मा पाईने भिटामिन ए तपाई को आंखा हरु का लागी लाभदायक हुदछ।

यसले आंखा को हेर्ने क्षमता बढाउदछ र आँखा हरुको मांसपेशिहरु पनी बलियो बनाउदछ । जोडनी को दु-खाई को समस्या बाट पनी कर्कलो को पात ले छुटकार दिलाउन सक्दछ । नियमित रूप ले यदी तपाई ले प्रयोग गर्नु भयो भने जोडनी दु-खाई को समस्या बाट राहत पाउन सकिन्छ ।

कर्कलो को पात हरुमा पाइने फाइबर ले तपाई को शरीर को मेटाबलिज्म लाई चुस्त बनाउन का साथै तपाई को शरिर को तौल लाई पनी कंट्रोल गर्न मा मदद गर्दछ । कर्कलो को पात हरु मा क्याल्शियम, पोटेशियम, एंटी(अक्सीडेंट र भिटामिन ए, बी, सी भरपूर मात्रा मा पाईने गर्दछन, जसले तपाई को स्वास्थ लाई अनेकौ फाईदा गर्दछन ।

यो पनि पढ्नुस: पुदिनाको सेवन गर्ने गर्नु भएको छ भने एकचोटी अवश्य पढ्नुहोला,यस्तो बन्दै छ पुदिना सेवन गर्नेहरुको शरीर

गाढा हरियो रंगको तुलसी जस्तै स–साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ । बाह्रै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ । अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ ।

आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ । यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा गुणकारी छ ।

विभिन्न रोगमा पुदिनाको प्रयोग : अपच: दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५/६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ । पेट फुल्ने: पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १–२ चम्चा रस, केही मात्रामा बीरेनून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ ।

क्यान्सर: पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ । दिनको १०/१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २–३ पटक केही महिनासम्म खुवाउन सकिन्छ ।

काटेको घाउमा: कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ ।

मुर्छा: सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ । ज्वरो: पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्वरो घटद्छ ।

पेट दुखाइ: पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई विहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ । दम र खोकी: पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ । घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ । एजेन्सीको सहयोगमा