No 1 News portal From Nepal in Nepali

ईच्छा पुरा गर्न सोमबार गर्नुहोस् यी १० काम !

धर्मशास्त्र । सोमबारलाई शिवजीको बार मानिन्छ । कुनैपनि कार्य गर्नको लागि सोमबार शुभ मानिन्छ । ज्योतिषको अनुसार, सोमबार भगवान शिव शंकरको लागि सबैभन्दा महत्वपुर्ण दिन हो ।

सोमबारको शास्त्रहरुमा निकैं महत्वपुर्ण भुमिका रहेको कुरा विश्लेषण गरिएको छ । सोमबार जमिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुने गर्दछन् । सोमबार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने विश्वास छ ।

कष्ट हटाउन यसो गर्नुहोस्: १. शिवलाई जल या दूधको अभिषेक गर्नु राम्रो मानिएको छ । २. मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् ।

३. चामल, दूध, चाँदी दान गर्नुहोस् । ४. चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ । ५. खीर खानु पनि शुभ हुन्छ ।

६. जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् । ७. चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।

८. मोक्ष प्राप्तिको लागी तीर्थ जलले अभिषेक गर्नुहोस् । ९. धनधान्य आदिको लागी मधुले अभिषेक गर्नुहोस् । १०. लक्ष्मी प्राप्तिको लागी उखुको रसले अभिषेक गर्नुहोस् ।