No 1 News portal From Nepal in Nepali

मङ्गलबारको दिन भगवान गणेशको पूजा गर्नुहोस, कहिल्यै हुने छैन धनको कमी

मङ्गलबारको दिन मङ्गल ग्रहलाई समर्पित गरिएको हुन्छ । मङ्गलबारको दिन सौर्यको सबैभन्दा नजिकको ग्रह मानिने ग्रह पनि मङ्गल नै हो । मङ्गल ग्रहलाई ज्ञान बुद्धि, विवेक र आर्थिक सम्पन्नताको रुपमा समेत लिने गरिएको छ । त्यसैले मङ्गलबारको दिन भगवान गणेशको पुजा आरधनाले जीन्दगीभरि फल प्राप्त गर्न सकिने भएकाले भक्तजनहरुको लागि मङ्गलबारको दिन गणेशको पुजा गर्नु राम्रो मानिन्छ ।

विशेष गरेर मंगलबारको दिन भगवानको पूजा आरधना गर्ने चलन रहेको छ । तर मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले मंगल ग्रहको प्रभावलाई जोगाउनको लागि बुधबारको दिन पनि भगवान गणेशेको पुजा गर्ने प्रचलन रहेको छ । त्यसैले गणेशको पूजा गर्न आवश्यक पर्ने सामाग्रीको बारेमा बताउन गइरहेका छौँ ।

१.यदि तपाई गणेश भगवानको पूजा गरेर खुसी बनाउन चाहनुहुन्छ भने बिहानै उठेर नुहाएर सफा कपडा लगाएर मन्दिरमा गएर विभिवत रुपमा गणेशको पूजाआज गर्नुपर्नेछ । सख्खर सहित अन्य १२ किसिमका परिकार चढाएर गणेशको पूजा गर्नुपर्नेछ ।

२.यदि तपाईले भगवान गणेशको लागि पूजा आज गर्दा पनि सोचेजस्तो फल प्राप्त गर्न सक्नुभएको छैन् भने बुधबारको दिन गणेशलाई घ्यू अपर्ण गर्नु जरुरी हुन्छ । घ्यू अर्पण गर्दा गणेश भगवान प्रसन्न हुने भएकाले भविष्यमा सोचेभन्दा राम्रो फल प्राप्त हुनेछ । यदि तपाईले पूजा गरेर घ्यू अपर्ण गर्नुभएन भने तपाईले गरेको कार्य अपूर्ण रहनेछ ।

३.यदि भगवान गणेशको कृपाबाट प्रसन्न हुन चाहनुहुन्छ भने पूजा गर्दा गणेशलाई सख्खरबाट बनेका परिकारहरु गणेशलाई चढाउनुपर्नेछ । विधिवत रुपमा ब्रत बसी भगवान गणेशको पूजा गरेर गणेशलाई मकैको भोग लगाउनुहोस् जसले तपाईंको घरमा अन्न र धन कहिल्यै कमि हुने छैन् । गणेशको पूजा गर्दा अखण्डित चामल मात्र चढाउनुहोस् । अन्यथा गणेशलाई स्वीकार्य हुने छैन् ।

४.बुधबार गाणेशको ब्रत बसी मुगको दाल दान गर्दा जीवनमा सम्पूर्ण दुख कष्ट नष्ट भएर जानेछ । उक्त दिन मङ्गल ग्रहलाई प्रसन्न बनाउनको लागि भगवती दुर्गाको पूजा गर्नु जरुरी हुन्छ ।

मंगलबारको दिन भुलेर पनि गर्न नहुने पाँच काम: मंगलबार को दिन कस्ता कस्ता कामहरू गर्न हुदैन?यहाँ शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुने काम तल उल्लेख छ । सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन् त मंगलबारको दिन गर्न नहुने कामहरुः

मंगलबारको दिन गर्न नहुने ५ काम: १. मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ । २.मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

३. मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ । ४. मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ । ५. मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।