No 1 News portal From Nepal in Nepali

मेवाको पातः यस्ता रोगको पनि हुन्छ अचुक औषधि

जहाँ पनि सजिलै पाइने स्वादिष्ट फल हो मेवा । मेवा खादा मिठो हुने मात्र होइन यसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । हामिले मेवा खाएका छौ तर मेवाको पात भने खाएका छैनौ होला । हेर्दा सामान्य लाग्ने मेवाको पातमा पनि धेरै औषधिय गुण हुन्छन् । हामिले मेवाको जुस बनाएर पिउने गरेमा यसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ।

धेरै रोगबाट बचाउन मेवाको पातले सहयोग गर्छ । मेवाको पातको जुस बनाएर पिउदा धेरै रोगबाट पनि छुटकारा पाउन सकिन्छ । यसको सेबन गर्नाले क्यान्सर कोषलाई बढ्न दिदैँन, यसको क्यान्सरसंग लड्ने क्षमता हुन्छ । यसको सेबन गर्नाले शरीरको इम्यूनिटी बढाउछ जसले इन्फेक्शन हुनबाट बचाउँछ । यसले डेंगू र मलेरियासँग लड्न सहयोग गर्छ ।

यदि महिलाहरुलाई महिनावारीको समयमा पेट दुख्छ भने यसको सेबनले दुखाइबाट बचाउछ। मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर पिउनाले महिनावारीको दुखाइ कम हुन्छ । मेवाको पातको जुस पिउनमले रगतको मात्रा बढाउछ।