No 1 News portal From Nepal in Nepali

भुइँकटहर खाँदा हुन्छन यस्ता आश्चर्यजनक फाइदा, कस्तो बिरामीले खान हुने कस्तो बिरामीले नहुने ?

भुइँकटहर हाम्रो स्वास्थ्यका लागि फाइदाजनक फल हो । अमिलो र गुलियो स्वाद भुइँकटहरमा प्रशस्त पोषक तत्व हुन्छ । यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन लगायतका विभिन्न तत्वहरु पाइन्छ । भिटामिन सी प्रशस्तमात्रा पाइने भुइँकटहर मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ। यस्तै यसमा निकै कम फ्याट हुन्छ। कम क्यालोरी हुने भुइँकटहरले तौल घटाउन पनि सहयोग गर्छ । भुइँकटहर खानुका यस्ता छन् फाइदा:

हड्डी बलियो बनाउने: उच्च म्याग्नेसियम भएको भुइँकटहरले हड्डी र तन्तुलाई बलियो बनाउने गर्छ । एक कप भुइँकटहरको जुसले शरीरमा म्याग्नेसियमको ७५ प्रतिशत मात्रा पूर्ति गर्दछ । रोगप्रतिरोधी क्षमतामा वृद्धि: भुइँकटहरको सेवनले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग गर्छ । यसमा भिटामिन सी प्रशस्त पाइने भएकाले शरीरमा रोग लाग्न दिँदैन र श्वेत रक्तकोषका गतिविधि पनि बढाउछ । क्यान्सर: भुइँकटहरले क्यान्सर हुनबाट पनि बचाउँछ । यसमा एन्टिअक्सिडेन्टका साथै भिटामिन ए, बिटा क्यारोटिन लगायतका तत्वहरु पाइने हुनाले मुख, घाँटी तथा स्तन लगायत विभिन्न क्यान्सरबाट बचाउछ ।

घाउ चाँडो निको पार्छ: भुइँकटहरले घाउ तथा चोटपटक चाँडो निको पार्छ । किनकी यसमा भिटामिन सी प्रशस्त पाइन्छ । पाचन प्रणाली मजबुत: यसको सेवनले कब्जियत, पखाला, एथेरोस्केलोसिस, रगत जम्ने समस्या र उच्च रक्तचापको समस्या समाधान गर्छ । यस्तै यसको सेवनले दममा राहत दिने, प्रजनन क्षमतामा वृद्धि गर्ने, रक्त सञ्चालनमा सुधार गर्ने, मुटुको रक्षा गर्ने, रक्तचाप नियमित गर्न सहयोग पनि पुर्याउछ ।

कसले खान हुँदैन: भुइँकटहर गर्भवती महिलाले नखानु नै राम्रो हुन्छ । भुइँकटहर खानाले गर्भपतन हुन सक्ने भएकाले धेरै खान हुँदैन । यो गुलियो हुने हुनाले मधुमेहका बिरामीले पनि सकेसम्म नखानु नै राम्रो हुन्छ । यसमा पोटासियम हुने हुनाले मिर्गौलाका बिरामीले नखानु राम्रो हुन्छ ।