No 1 News portal From Nepal in Nepali

कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्ने देखि मुटुका लागि अत्यन्तै लाभदायक हुन्छ लसुनको पात ! सबैले जानीराखौं

एजेन्सी । लसुनको पात स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादमा अतिनै मिटो हुने गर्दछ । प्राय मानिसहरुको भान्सामा नियति प्रयोमा आउने गर्दछ ।

लसुन एउटा कन्दमुलको तर धेरै मानिसहरुलाई थाहा छैन यसको सेवन गर्दा हाम्रा् शरीरलाई कति फाइदा हुन्छ भनेर यस्ता छन् । लसुनको पात खानुका फाइदा लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ ।

लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । यसमा एलिसिन भन्ने तत्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ ।

लसुनका पातको सेवन मुटुका लागि समेत लाभदायी हुन्छ । यसमा पाइने पोलीसल्फाइड तत्वले मुुटुका विभिन्न रोगबाट बचाउँछ । यसले सरीरमा कोलेस्टेरोलको मात्रा नियनत्रण गर्छ र मुटु तथा रगत सम्बन्धी समस्या कम गर्छ।पेट तथा पाचन प्रणाली सम्बन्धि संक्रमण पनि कम गर्छ । साथै चिसो तथा रुघाखोकीको उपचारमा पनि लसुनको पातको सेवन कामयावी हुन्छ ।

यो पनि पढ्नुस: अमला र अमिल चरी भिटामिन ‘सी’ मात्रै हाेइन औषधीकाे भण्डार पनि हाे ! 

एजेन्सी । भिटामिन सि खानुपर्छ यसले रोग सँग लड्ने शक्ती दिन्छ । भिटामिन ‘सी’ शरीरले आफैँ उत्पादन गर्न सक्दैन र हरेक दिन रोगसँग लड्नका लागि नयाँ कोषहरू बनाउन भिटामिन ‘सी’ आवश्यक पर्छ ।

अमिल चरी बारीमा नै उम्रन्छ यो दिन दिनै प्रयोग गर्न सकिन्छ, सस्तोमा नै पाइन्छ । विभिन्न बिरुवाको बारेमा जानकारी राख्नेहरूले चरी अमिलोलाई पानीमा उमालेर मुखमा कुल्ला गर्दा मुखको घाउ निको हुने बताउँछन् । युरोपतिर चरी अमिलोलाई सलादमा हालेर पनि खान्छन् । चरी अमिलोमा वाकवाक लाग्न कम गर्ने गुण पाइन्छ ।

डा. अरुणा उप्रेती: गिजाबाट रगत आउने, घाउ–खटिरा भएर पाक्ने, दुख्ने र सुनिने भएमा चरी अमिलोको बोट सफा गरी चपाएर कुल्ला गर्नाले निको हुने बूढापाकाहरू बताउँछन् । यसलाई गाईवस्तुको लागि घाँसको रूपमा अन्य घाँससँग मिसाएर खुवाउने गरिन्छ, जसले गर्दा दूधको उत्पादन धेरै हुन्छ ।

चरी अमिलो सफा गरी चटनी वा अचार बनाई खाएमा दिसा सफा हन्छ । अमिल चरीलाई पुदिनाजस्तै पिसेर गोलभेँडाको अचार बनाउन सकिन्छ ।

आयुर्वेदमा अमलालाई एक बहुउपयोगी फलको रुपमा उल्लेख गरिएको छ । यसको प्रयोग औषधि तथा खाद्यवस्तुको रूपमा गरिन्छ । धार्मिक दृष्टिकोणले यो पवित्र फल मानिन्छ । भगवान् विष्णुको मन पर्ने फलमा अमला पर्ने हुनाले विष्णुको पूजामा नैवेद्यको रूपमा पनि हिन्दूहरूले चढाउने गर्छन् ।

आफ्नो आँगनमा रहेको अमलाजस्ता औषधिलाई चिनेर प्रयोग गर्न सके कति राम्रो हुने थियो । प्रकृतिले हामीलाई समस्यासँगसँगै समाधान पनि दिएको छ । रोग र उपचार दुवै कुरा हाम्रा वरिपरि नै छन् ।

यस्ता औषधिको प्रयोग गर्नुको अर्थ आधुनिक ज्ञान र विज्ञानलाई बेवास्ता गर्नु होइन । आधुनिक ज्ञान र विज्ञानले पनि यी वनस्पतिको महत्व मानेको छ । स्वास्थ्य राम्रो राख्न परम्परागत र आधुनिक दुवै ज्ञानलाई प्रयोग गर्न सकिन्छ ।