No 1 News portal From Nepal in Nepali

पाइल्सको प्राकृतिक उपचार र पाइल्स हुनबाट कसरी जोगिने ? सबैले जानी राखौं

एजेन्सी । मलद्वारमा रहेको भेरिकोज नलीमा दवाव परेमा पाइल्स हुने गर्छ । भेरिकोज नलीमा दवाव परेमा उक्त नली चर्कने, फुट्ने वा त्यसमा चिरा पर्ने गर्छ । सामान्य व्यक्तिमा पाइल्सले खासै गम्भीर समस्या निम्त्याउदैन । यद्यपि जसले रगत पातलो गर्ने औषधि सेवन गरिरहेका हुन्छन्, उनीहरुमा भने पाइल्सले लिभर सिरोसिसको जोखिम बढाइदिन्छ ।

पाइल्सको प्राकृतिक उपचार: सिट्ज बाथ: पाइल्समा सिट्ज बाथ प्रभावकारी मानिन्छ । सिट्स बाथ त्यस्तो उपचार पद्धति हो, जसमा पाइल्सका विरामीले आफ्नो हिप तथा कम्मर मुनीको भागलाई दश देखि पन्ध्र मिनेट तातो पानीमा डुवाउनु पर्छ ।

गिलो ट्वाइलेट पेपरको प्रयोग: पाइल्सका विरामीले ट्वाइलेट पेपर प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । किनकी पाइल्सका विरामीले सुख्खा पेपरको प्रयोग गर्दा उनीहरुको मलद्वारमा घाउ हुन सक्छ । त्यसैले, ट्वाइलेट पेपर प्रयोग गर्दा भिजेको वा गिलो ट्वाइलेट पेपरको मात्र प्रयोग गर्न पर्छ । साथै, फोहर वा अल्कोहल नभएको पेपरको प्रयोग गर्नु पर्छ ।

ट्रपिकल औषधिको प्रयोग: पाइल्सको उपचारमा प्रभावकारी मानिने विभिन्न प्रकारको ट्रपिकल औषधि एन्टीसेप्टिक क्रिम, ओयनटमेन्ट, मेडिकेटेड वाइप्स आदी पर्छन् । यस्ता औषधिमा विच–हेजेल वा हाइड्रोकार्टिकोसोन पर्दछ । यसले पाइल्सको दुखाई कम गर्नुका साथै चिलाउन कम हुन्छ । यस्ता औषधीको प्रयोग चिकित्सकको सल्लाह विना एक हप्ता भन्दा बढी प्रयोग गर्नु हुँदैन ।

दुखाई कम गर्ने औषधि: पाइल्सको विरामीहरुलाई मल त्याग गर्दा तिव्र पीडा हुन्छ । यस्ता पीडा कम गर्न दुखाई कम गर्ने विभिन्न औषहिरु प्रयोग गर्न सकिन्छ । तर, त्यस्ता औषधिको प्रयोग गर्नु अघि चिकित्सकसित परामर्श गर्नु पर्छ ।

बरफको सेकाई: मलद्वारामा रहेको नशाहरु फुलेमा वा फुटेमा पाइल्स हुने भएकोले पाइल्सका विरामीहरुका लगि बरफको सेकाई प्रभावकारी उपचार हुनसक्छ । किनकी यसले रक्तसञ्चारलाई सुस्त बनाई पाइल्समा आराम दिलाउँछ । यसको लागि बरफलाई एउटा व्यागमा हालेर करिब दश मिनेट प्रभावित क्षेत्रमा लगाउनु पर्छ । र, यो प्रकृयालाई दुई–तीन दोहर्याउनु पर्छ ।

शरीरलाई सफा राख्ने: पाइल्सको समस्या कम गर्ने अर्को उपाय भनेको पाइल्स प्रभावित क्षेत्रलाई सफा एवं स्वस्थ राख्नु हो । प्रत्येक दिन स्नान गरेपछि मनतातो पानीले मलद्धार वरिपरिको क्षेत्रलाई सफा गरेर पनि शरीरलाई सफा राख्न सकिनछ । मलद्धारको सफाई गर्दा सावुनको प्रगोग गर्न अनिवार्य छैन । यसलाई सावुनले वा विना साबुन सादा पानीले पनि सफा गर्न सकिन्छ ।

पाइल्स हुनबाट कसरी जोगिने ? पाइल्स हुने मुख्य कारण भनेको कब्जियतको समस्या हो । कब्जियत भएमा मल त्याग गर्न बलको आवश्यकता पर्छ । र , बल लगाउँदा मलद्धारा वरिपरिको नशा फुटेर पाइल्सको समस्या निम्तने गर्छ । त्यस्तै, पुरानो डायरियाका साथमा पाचन सम्बन्धि समस्या बाथरुममा बसेर पढ्ने तथा मोबाइलमा गेम खेल्ने बानीले पनि पाइल्स हुने गर्छ । त्यसैले, मलत्याग गर्दा कहिल्यै पनि बल लगाउनु हुँदैन ।

त्यस्तै, बाथरुममा धेरै बेर बस्नु हुँदैन । र, बस्नै परेमा ट्वाइलेट सिटमा बस्दा खुट्टालाई थोरै माथि उठाएर मल त्याग गर्न सजिलो बनाउनु पर्छ ।

पाइल्स हुने सम्भावना अत्याधिक भएमा ट्वाइलेट जान मन लाग्नासाथ कुदिहाल्नु पर्छ । किनकी समयमा ट्वाइलेट नगए वा धेरैबेर रोके कब्जियत हुनसक्छ । र, मल त्याग गर्नमा समस्या हुने गर्छ । जसका कारण पाइल्स भई अत्याधिक पीडा हुने गर्छ ।

र, पाइल्स भएमा खानपानको शैली बदलिएर पनि पाइल्स बल्झनबाट रोक्न सकिन्छ । त्यस्तै, सत्तुलित आहारका साथमा पेय पदार्थबाट टाढै रहेर बाउल मुभमेन्टलाई नियमित गराउनुका साथै कब्जियतको सम्भावनालाई कम गर्न सकिन्छ । सन्तुलित आहारका लागि फलफुल, सागसब्जी, अन्न, पास्ता, गेडागुडी लगायतका फाइबरयुक्त खानेकुराको सेवन गर्नु पर्दछ । पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्दछ । कैफिन तथा मदिराबाट टाढा रहनु पर्छ । किनकी यसले आन्द्राको गतिविधि (बाउल मुभमेन्ट) लाई प्रभावित पार्न सक्दछ ।

नियमित व्यायम गर्नु पर्दछ । तौललाई नियन्त्रित गर्नुपर्दछ । किनकी आवश्यकता भन्दा बढी तौल भएमा यसले मलद्धारको नलीमा अतिरिक्त दवाव पैदा गर्न सक्दछ । जुन पाइल्स पैदा हुने सबैभन्दा ठूलो कारण हो । त्यस्तै, शारीरीक सक्रियता आफैले पनि कब्जियतको प्रभावमा कमी ल्याउने गर्दछ । त्यसबाहेक, विभिन्न वैकल्पिक उपचार पद्धतिद्धारा पनि यस रोगको उपचार गर्न सकिन्छ ।

कतिबेला चिकित्सकलाई देखाउने ? सामान्यतया पाइल्सको उपचार सजिलो हुन्छ । तर, पनि केही व्यक्तिमा यसले जटिल समस्या निम्त्याउने गर्छ । विशेषगरी, पाइल्स कारण अत्याधिक पीड भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । किनकी पुरानो पाइल्सका कारण लामो समय रक्तश्राव भएमा रगतमा रातो रक्तकोषिका कम भई रक्तअल्पता हुने गर्छ । रक्तअल्पता भएमा शरीरका कोषिकामा अक्सिजन राम्ररी पुग्दैन, जसका कारण व्यक्तिलाई कमजोरी तथा थकान महसुस हुने गर्छ ।

शल्यक्रियारहित उपचारको विकल्प: पाइल्स भएमा विना शल्यक्रिया पनि यसको प्रभावकारी उपचार गर्न सकिन्छ । यस्ता उपचार प्रभावकारी हुनुका साथै सुरक्षित पनि हुन्छ । त्यस्तै, ससाना रबर व्याण्डको प्रयोग गरेर, स्केलेरोथेरापी इन्जेक्सन तथा लेजर थेरापीद्वारा पनि पाइल्स रोगको उपचार गर्न सकिन्छ ।

कुन अवस्थामा शल्यक्रिया गर्ने ? केही जटिल अवस्थाहरुमा शल्यक्रिया विना पाइल्सको उपचार सम्भव हुँदैन । त्यस्तो अवस्थामा चिकित्सकहरु पाइल्स निकाल्न शल्यक्रियाको सल्लाह दिन्छन् । यस्ता शल्यक्रिया रोगको प्रकृति र रोगको गम्भीरता तथा उपचार पद्धति अनुसार फरक हुन्छ । र, यस्ता शल्यक्रिया अस्पताल भर्ना भएर वा विना भर्ना पनि गर्न सकिन्छ । शल्यक्रिया गर्दा कहिलेकाही रक्तश्राव, संक्रमण पनि हुनसक्छ ।

पाइल्सका विरामीहरुको लागि सुझाव : अफिम लगायतका दुखाई कम गर्ने विभिन्न औषधीको प्रयोगले कब्जियतको समस्या पैदा हुन सक्छ । र, पाइल्सको समस्या हुनसक्छ । त्यसैले, यस्ता औषधी प्रयोग गर्नु अघि दिशा नरम बनाउने औषधीको प्रयोग गर्न जरुरी छ ।

गर्भावस्था र सुत्केरी अवस्थामा धेरैलाई पाइल्स हुनसक्छ । त्यसैले, गर्भावस्थामा चिकित्किको सल्लाह विना कुनै औषधी खानु हुन्न । अन्यथा, यसले स्वास्थ्यमा प्रतिकल प्रभाव पार्न सक्छ ।

ध्यान दिनु पर्ने कुरा: पाइल्समा प्रयोग गरिने क्रिम प्रति केही व्यक्ति संवेदनशील हुन सक्छन् । त्यसको लागि कुनै पनि क्रिम प्रयोग गर्नु पूर्व सावधानी अपनाउनु पर्छ ।

पाइल्सका कारण दिशामा रगत देखिनसक्छ । त्यसबाहेक, आन्द्राको क्यान्सर लगायत गम्भीर समस्यामा पनि दिशामा रगत देखिने हुँदा तुरुन्तै चिकित्सकलाई जचाँउनु पर्छ ।

कुनै औषधीले एलर्जी भएमा चिकित्सकसित सम्पर्क गरी नयाँ उपचार पद्धतिको थालनी गर्नु पर्छ । पाइल्सका कारण अत्याधिक दुखाईका कारण मलत्याग गर्न समस्या भएमा तुरुन्तै चिकित्सकलाई जचाउँनु पर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै:  कब्जियत (constipation) भनेको के हो? दिसा समयमा नहुने वा हुँदा निकै बल गर्नु पर्ने अवस्थालाई कब्जियत (constipation) भनिन्छ । सामान्यतय हप्तामा कम्तिमा ३-४ पटकसम्म दिसा हुनुलाई राम्रो मानिन्छ । तर दिनहु दिसा हुनेलाई पनि कब्जियत हुन सक्छ । त्यसकारण Constipation को ब्याख्या व्यक्ति अनुसार फरक पर्न सक्छ ।

गलत खानपान, वोसोयुक्त खानेकुराको सेवन तथा पानीको कम सेवनका कारण कब्जियतको समस्या हुने गर्छ । कब्जियत भएमा पेट सफा हुँदैन र पेटको फोहर बाहिर निस्कदा मलद्वारमा पिडा हुने गर्दछ । धेरैले कब्जियतलाई सामान्य रुपम लिन्छन् तर समयमै उपचार नगरेको अवस्थामा आन्द्रा सम्बन्धी गम्भीर समस्या निम्त्याउने भएकाले समयमै सर्तक हुन जरुरी छ ।

कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्र्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउन सक्छ । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ ।

त्यसैले, हामीले सेवन गर्ने खानामा यस्ता खानेकुरा सामेल गर्न जरुरी छ, जसमा भरपूर मात्रामा फाइबर पाइयोस्, विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाईसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो।

कब्जियत हुँदाका लक्षण: 

१. दैनिक विहान दिसा खलाश हुने गरी नहुन, दिसा कडा हुनु, बारंबार दिसा हुनु ।

२. भोक नलाग्नु ।

३. पेट भारी हुनु, पेट फुल्नु ।

४. ग्यासको समस्या हुनु ।

५. दिशा खलास नहुनु, दिशा कडा र सुख्खा हुनु ।

६. आलस्य, चिडचिडापन हुनु, अनिद्रा हुनु ।

७. टाउको दुख्नु, वाकवाक लाग्नु, छाती, घाँटी पोल्नु, आँखा पोल्नु ।

उचित विहार: विहारको गडबडीले पनि कब्जियत हुन्छ । विहार भन्नाले हामीले शरिर हल्लाएर गर्ने सबै गतिविधि हुन् । त्यसैले विहार जहिले पनि उचित हुनुपर्छ ।

१.उठ्दा, बस्दा, उभिँदा, हिँड्दा, जुनसुकै काम गर्दा जहिले पनि ढाड खुकुलो सिधा राख्नुपर्छ । जसले सबैतिर रगत संचालन सुचारु हुन सहयोग पुग्छ । विहार अनुचित गरेमा ढाड दुख्ने, नशा च्यापिने जस्ता समस्या आउनुकासाथै पाचन कृयामा गडबडी भई कब्जियत हुन्छ ।

२. खाना छिटो छिटो खाने बानीले पनि कब्जियत हुन्छ । खाना छिटोछिटो खानाले खाना ¥यालसंग मुछिन पाउँदैन र पाचन कृया ढिला हुन्छ । फलस्वरुप खाना भित्रै अड्किन्छ ।

३. त्यसैगरी एउटा खाना र अर्को खाना खाने समयको अन्तर करिब ४ देखि ५ घण्टा हुनुपर्छ । वीचमा घण्टा घण्टामा पानी मात्र लिनुपर्छ । वीचमा अर्को खाना खाएमा पहिलेको खाना पनि पच्न पाउँदैन र पछिको खाना पनि पच्न सक्दैन र कब्जियत हुन्छ ।

४. सुत्ने र उठ्ने समय नमिल्नाले पनि कब्जियत हुन्छ । बेलुकी खाना खाने वित्तिकै सुत्नु हुँदैन । खाना खाएको करिब एक–डेढ घण्टापछि मात्र सुत्नु पर्छ । खाना खाने वित्तिकै सुत्नाले खाना पच्न ढिलो हुन्छ । बिहान ढिला उठेमा पनि पचेर बाहिर निश्कासन हुन तयार भएको मल निस्कासन हुन पाउँदैन त्यसैले बेलुकी दस बजे र बिहान पाँच बजे उठ्नु उत्तम हुन्छ ।

५. दिशा बस्दा गर्ने गतिविधिले पनि कब्जियत हुन जान्छ । दिशा गर्दा बल बलले गर्नु हुँदैन । बल गर्दा मलद्धारमा घाउ हुने जस्ता समस्या हुन्छ।

रोकथाम: 

१. प्रशस्त पानी पिउने बानी बसाल्नु पर्दछ ।

२. चाउचाउ, बिस्कुट जस्ता तयारी खाना र बोतलमा पाइने चिसो पेय पदार्थको साटो उसिनेको पदार्थ, कोदो, फापर, चना भटमासजस्ता पोषिला खानाका साथै मही, महपानी या सर्बत आदि खाने बानी बसाल्नुपर्दछ ।

३. काम र आरामको निश्चित तालिका बनाउनुपर्छ । आराम र श्रम नियमित र सन्तुलित बनाउनुपर्दछ । निश्चित समयमा काम गर्ने, निश्चित समयमा खाने र निश्चित समयमा आराम गर्ने बानी बसाल्नुपर्दछ ।

४. दिसा आउँदा रोकेर राख्नु हुदैंन र दिसा लाग्ने बित्तिकै तुरुन्तै सबै काम छाडेर दिसा जानुपर्दछ ।

५. धेरै कम्मर कसिलो गरी पटुका या पेटी कस्नु हुदैंन ।

६. धेरै सागपात, हरिया, तरकारी सलाद, फलफूल प्रशस्त खानुपर्दछ ।

७. भोकै उपवास या कोची कोची धेरै खाना खाने गर्नुहुदैंन ।

८. तारेको, भुटेको, मसलादार खाना र माछा, मासु, अण्डाजस्ता मांसाहार त्याग्ने ।

९. सेतो चामलको बदला ढिकीमा कुटेको रातो चामल, मैदा बदला चोकर सहितको मोटो, पीठो, चिनीको बदला गुड खाने बानी बसाल्नुपर्दछ ।

१०. बोक्रा फालेको सफा दालको सट्टा टुसा निकालेको या अङकुररित गरेको गेडागुडी खाने बानी बसाल्ने ।

११. खाना खाने बित्तिकै सुत्नु हुदैंन । खाना खाएको २।३ घण्टामा पाचन प्रक्रिया सकिएको हुन्छ र सुत्न जाने ।

१२. मनमा कुरा खेलाउने, चिन्ता लिने, रिसाउने, डराउने, तनावको अबस्थामा आराम गर्ने ।

घरेलु उपचार:

१. सानो हर्रो घिउमा भुट्ने र पिसेर धुलो बनाएर १ चिया चम्चा, सुत्ने बेलामा मनतातो पानीसँग पिउनुपर्दछ ।

२. इसबगोलको भुसी एक चम्चा बिहान साँझ पानी, दूध या अरु झोल कुरासँग पिउने ।

३. राजवृक्षको गुदी ५ ग्राम र मुनक्का २० ग्राम मिलाएर चटनी जस्तो पिसी बिहान साँझ खानाले पनि पेट सफा हुन्छ ।

४. एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग अमला मिलाएर चूर्ण बनाउने र एक एक चिया चम्चा बिहान साँझ मनतातो पानी सँग पिउने ।

५. अदुवा पानी खानाले पनि कब्जियतलाई भगाउँछ । – अम्बा तथा मेवाको सेबनले पनि दिसालाई नियन्त्रण गर्दछ ।

६. गाँजरको जूस दिनको एक गिलास खाली पेटमा तथा स्याउ खानु फाइदाजनक हुन्छ ।

७. १ चम्चा मह तातो पानीमा मिसाएर बिहान खाली पेटमा खाने ।

८. दिनमा दुई तीन कोसा पाकेको केरा खानाले वा एक चम्चा सुप र अदुवाको धुलोमा थोरै वीरेनुन मिसाई राती सुत्ने बेलामा मनतातो पानीसँग खानाले कब्जियत रोग ठिक हुन्छ ।

९. घिउकुमारीको गुदी १० ग्राम बिहान खाली पेटमा खाने गर्नुपर्दछ ।

१०. सानो हर्रो, सौंफ र मिश्री बराबर तौल लिएर पिसेर चूर्ण बनाई आवश्यकताअनुसार १ या २ चम्चा सुत्ने बेलामा खाएर पानी पिउने गर्नुपर्दछ ।

११. सुकाएर अमलालाई पिसेर बनाएर चूर्ण १ चम्चा बिहान साँझ खाना पछि खाने ।

१२. खाना खानु १–२ घण्टा पूर्व नै १–२ गिलास पानी पिउने । – तोरीको तेलले बिहान बेलुका मालिस गर्ने ।

१३. बिहानको समय ३–४ कि।मि हिंडडुल गर्ने ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।