No 1 News portal From Nepal in Nepali

कान दुखेको, कान पाकेको देखि बहिरोपना हटाउनका लागि दतिवनको प्रयाेग निकै लाभदायक, यस्तो छ प्रयोग गर्ने तरिका

कान दुखेको, कान पाकेको देखि बहिरोपना हटाउनका लागि दतिवनको प्रयाेग निकै लाभदायक, यस्ताे छ तरिका । दतिवन (अपमार्ग) को पूरै भागलाई जलाएर सेतो खरानी बनाई त्यसको ८ भाग पानीमा ५ घण्टासम्म राखेर केहीबेर चलाई १० घण्टापछि उक्त पानीलाई राम्रोसँग छानी तताउने ।

यसरी तताउँदा पानी सुके अब सेतो खरानीमात्र बाँकी हुन्छ तब आगोबाट झिकी उक्त अपमार्गक्षर २० ग्रामलाई ती मुठ्ठी तीलको तेलमा मिलाई फलामे कराहीमा पकाएर तेलमात्र बाँकी भएपछि झिक्ने । उक्त तेललाई बन्द सिसीमा राख्ने । त्यसपछि २/२ थोपाका दरले दिनको ३ पटक कानमा राख्नाले कान दुखेको, कान पाकेको, बहिरोपना आदि रोगलाई ठिक गर्दछ ।

यसको डाँठले दिनहुँ दाँत माझ्नाले दाँत बलियो र चम्किलो हुन्छ र गिजालाई स्वस्थ राख्छ । यसको बीजलाई दूधमा पकाएर खानाले हृदयपीडा शान्त गराउँछ । भोक–तीर्खा हराउँछ, कामशक्ति बढ्दछ, कमजोरी हराउँछ । सन्तान नहुने समस्याबाट चाँडै मुक्ति मिल्दछ ।