No 1 News portal From Nepal in Nepali

टाउको दुख्ने सम’स्या छ ? उसोभए झुक्किएर पनि नखानुहोला यस्ता चिज !

एजेन्सी । तपाई टाउको दुख्ने समस्याबाट पीडित हुनुहुन्छ रु सामान्य खालको दुखाइ हो भनेर तपाईले वेवास्ता गरिरहनु भएको छ भने त्यो गम्भीर गल्ती पनि हुनसक्छ । टाउको दुख्ने रोगहरूमध्ये एउटाको नाम माइग्रेन हो । यसको खास लक्षण भनेकै सहन नसक्ने गरी टाउको दुख्नु हो । टाउको दुख्दा वाकवाकी हुने तथा बान्तासमेत हुन्छ ।

विज्ञहरूका अनुसार यो वंशाणुगत रोग हो । माइग्रेन पुरुषमा भन्दा महिलामा चार गुणा बढी हुने देखिएको छ ।माइग्रेन पूर्ण रूपमा निको पार्न नसकिए पनि खानपिन तथा दैनिक व्यवहारमा परिवर्तन गरेर कम गर्न सकिने विज्ञहरूको भनाई रहेको छ । कतिपय खानपिन व्यक्तिपिच्छे फरक हुने गर्छ । तर धेरैजसो कुरा समान हुन्छन् ।

माइग्रेन भएको व्यक्तिले खान नहुने चिज: दहीबाट बनेका परिकारहरू खान हुँदैन । जस्तै चिज र पनिर खाँदा टाउको दुख्ने हुन्छ । रक्सीको सेवन गर्न हुँदैन, विशेषगरी बियर र रेड वाइन सेवन गर्न नहुने विज्ञहरूले बताएका छन् । चकलेटले पनि माइग्रेनमा नकारात्मक असर गर्छ। विशेषगरी कालो चकलेटले टाउको दुख्ने गर्दछ।गुन्द्रुक वा खाँदेको अचार खाँदा पनि टाउको दुख्न सक्ने विज्ञहरूको भनाई रहेको छ।त्यस्तै अजिनामोटो, कफी लगायतका खानेकुराले पनि टाउको दुखाउन सक्ने भएकाले यस्ता खानेकुरा नखान विज्ञहरूको सल्लाह रहेको छ ।

यसैगरी अण्डा, गोलभेडा, प्याज, गहुँको पिठोबाट बनेका परिकार जस्ता खानेकुराले पनि माइग्रेनमा असर गर्ने विज्ञहरूले बताएका छन् । तर व्यक्तिपिच्छे फरक हुन सक्ने भएकाले कुन खानेकुराले कस्तो असर गरिरहेको छ त्यसलाई ख्याल गरेमा माइग्रेन कम गर्न सकिने विज्ञहरूको भनाई रहेको छ । यसबाहेक तनाव नलिने, मौसम परिवर्तन हुँदा ख्याल गर्ने, चिकित्सकको सिफारिसमा औषधी सेवन गर्ने जस्ता कार्यले माइग्रेनलाई कम गर्न सकिन्छ ।

यो पनि,भाईरल ज्वरो भगाउने ५ घरेलु उपाय ! सबैले जानीराखे राम्रो नछुटाई पढ्नुहोला, मौसम बदलिसँगै भाईरल ज्वरो ब्यापक रुपमा फैलिँदै गएको छ । भाईरल फैलिनुको कारण नै मौसममा आउने परिवर्तन हो। भाईरलले हाम्रो रोगसँग लड्ने क्षमतलाई कमजोर बनाईदिन्छ । यो एक व्यक्ति देखि अर्को व्यक्तिमा निकै छिटो सर्ने गर्दछ। भाईरल संक्रमण व्यक्तिलाई घाँटी दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने, शरीरको जोर्नी दुख्ने, वान्ता हुने, टाउको तात्ने, आँखा रातो हुने जस्ता लक्षण देखिन्छ। महामारीको रुपमा फैलिने भाईरललाई घरमा नै सहज उपचार गर्ने विधिको बारेमा आज हामी जानकारी दिनेछौँ ।

१. बेसार र सुकेको अदुवाको धुलो: अदुवामा रोगसँग लड्ने गुण पाइन्छ जसले ज्वरोलाई ठीक गर्छ । एक चम्चा मरिचको धुलो, एक चम्चा बेसारको धुलो र एक चम्चा अदुवाको धुलोलाई एक कप पानीमा राखेर थोरै चिनीसँग उमाल्ने । उमालेर आधा जति पानी सुकेपछि बाँकी भएको पानीलाई सेलाएर पिउनाले भाईरल ज्वरोबाट मुक्ति पाईन्छ।

२. तुलसीको प्रयोग: एक चम्चा ल्वाङको धुलोसँग १० देखि १५ वटा तुलसीको ताजा पातलाई एक लिटर पानीमा राखेर उमाल्ने। पानीलाई यति उमाल्नुहोस् कि जब सम्म सुकेर आधा नहोस् । यसरी तयार भएको पानीलाई चिसो बनाएपछि प्रत्येक एक घण्टाको अन्तरालमा पिउने हो भने भाईरलबाट छिटै मुक्ति मिल्छ। ३. धनियाँको चिया: धनियाँलाई स्वास्थ्यको लागि पनि धनी मानिन्छ । त्यसैले यसलाई भाईरल ज्वरो र अन्य रोगको समाधानको लागि पनि प्रयोग गरिन्छ । भाईरल ज्वरोलाई साम्य पार्न धनियाँको चिया पिउनु उपयुक्त हुन्छ।

४. मेथीको पानी: हरेकको भान्छामा सजिलै उपलब्ध हुने गर्छ मेथी । एक कप मेथीको दानालाई रातभर भिजाउने र बिहान उठेपछि यसलाई छानेर हरेक घण्टामा मेथी भिजाएको पानी पिउने गर्नाले भाईरलबाट छिटै आराम मिल्छ। ५. कागती र मह: कागतीको रस र महले पनि भाईरल ज्वरोलाई कम गर्छ । त्यसैले महसँग कागतीको रस मिसाएर खाने गर्नुपर्दछ।