No 1 News portal From Nepal in Nepali

सोमबार यी काम गर्नुहोस्, चम्किनेछ भाग्य !

धर्मशास्त्र । सोमबार धेरै नारीहरु व्रत बस्छन्। सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ।

अविवाहित नारीले सुयोग्य बर तथा विवाहिताले पतिको दीर्घायूको कामनासहित भगवान शिवको पूजा आरधना गरिन्छ। यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक विश्वास छ।

सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ। भगवान शिवप्रति श्रद्धाभाव राख्दै निम्न पाँच काम गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।

१) सोमबार भगवान शिवको दिन अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ। यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भइ स’मस्या स’माधान हुने विश्वास गरिन्छ ।

२) दाम्पत्य जीवनमा आउने उतार चढाव वा स’मस्या समाधानको लागि सोमबारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ।