१) यो दुनिया पनि कति स्वार्थि, मरेपछि जसले जलाउछ, उसैलाई आफ्नो भन्न बाध्य पारिदिन्छ । २) शहरमा जन्मिएर रहरमा हुर्किएकालाई होइन, गाउँको झुपडीको आँगनमा जन्मिएर थाङनामा हुर्किएकालाई सोध्नु, जिन्दगीको अर्थ के हो भनेर । ३) जीवनको एक क्षण करोडौ स्वर्ण मुद्रा दिएर पनि पाउन सकिदैन । ४) बिस्वास पनि इरेजर जस्तै रहेछ, हरेक गल्ति सगै सानो हुदै जाने ।
५) जब तलाउमा पानी भरिन्छ तब माछाले कीरालाई खाने गर्छ तर जब तलाउमा पानी सुकेर जान्छ तब त्यहि माछालाई किराले खाने गर्छ, त्यसैले कहिले पनि जीवनमा निराश नहुनु किनकि पालो सबैको आउछ, बस अलिकति ढिलो चांढोको कुरा मात्र हो । ६) माथी उड्नको लागि पखेटाको आवश्यकता चरालाई मात्र हुन्छ, मान्छे त जति तल झुक्छ त्यति नै माथी उठ्ने गर्छ ।
७) यदि लक्ष्यमा पुग्नु छ भने आफ्नो साथी आफै बन किनकि संगतीले तिमीलाई बहकाउने काम मात्र गर्ने गर्छ । ८) तिमीले दुख दुख दिए पनि जसले तिमी संग अलिकति पनि गुनासो गर्दैन, उसैले तिमीलाई सबैभन्दा बढी माया गरेको हुन्छ । ९) आज तिमी जे छौ त्यो तिम्रो हिजोको सोचको परिणाम हो र भोली तिमी जे हुनेछौ त्यो तिम्रो आजको सोचले निर्धारित गर्दछ ।
१०) यदि तपाई आफ्नो लक्ष्य प्रति पागल हुनुहुन्छ भने बधाई छ किनकि इतिहास पागलहरुले रच्ने गर्छन् र बुद्दिमानाहरुले पढ्ने गर्छन्, त्यसैले इतिहास रट्ने हैन, इतिहास रच्ने कोसिस गर्नुस । ११) केही तारीखहरु बित्दैनन , तमाम बर्षहरु बितिसके पछि पनि । १२) चुप नरहनु कहिल्यै अलिकति पनि , कि हरेक कुराको लागि चुप हुने मानिसहरु।
१३) साँचो मित्रहरू ती हुन जो मदत गर्नु भन्दा पहिले दुनिया भरका कुराहरु सुनाउछन । १४) जब एक्लै हिड्न लागे तब महसुस गरेकी म पनि कसै भन्दा कम छैन । १५) कति टाढा सम्म पुगि सके म सम्बन्ध निभाउँदा निभाउँदा, मैले आफैँलाई गुमाइ सके आफ्नालाई पाउँदा पाउँदा । १६) बोलीमा मिठास नहोला मेरो तर मनमा कसैप्रति पनि पाप छैन ।