१. आफ्नो गल्ती लुकाउन अरुलाइ बदनाम नगर, समय आफैमा निर्णयक छ भोलि तिमि संग पनि बदला लिनेछ ।२. कहा छ र दुनियाँ बिश्वासिलो, जो पनि झुठो नै बोलेर साचो बन्न खोज्छन।
३. लड्नु पर्दैन, सिर्फ लडिएको जस्तो गर्नुस । उठाउँने हातहरु भन्दा मुस्कुराएर रमिता हेर्ने भीड मात्र भेट्नुहुनेछ ।४. समय सगै बद्लियो त्यो मान्छे पनि जस्लाइ म पहिले को जस्तो नै देख्ना चाहन्थे।
५. रमाउने भनेको त बचपनमा मात्र रहेछ, जिम्मेवारीले टाउको भारी पछी त चाहेर पनि रमाउन नसकिने रहेछ। ६. जिध्दी त सबै हुन्छन् तर झुक्छ त्यहि जसलाई सम्बन्धको चिन्ता हुन्छ।
७. यदि प्रेममा पैसाको स्थान हुदैन थियो भने राजकुमारको नाम किन आउथ्यो ? कहिले सुन्नु भएको छ ? मेरो सपनाको मजदुर जन्ती लिएर आउछ भनेर।
८. माया गर्ने आँट गरिसके पछी सम्बन्ध टिकाउने शाहस पनि राख्नुपर्दछ। ९. यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने झुकिदिनु तर हेरेक पल्ट तपाईनै झुक्नुपर्छ भने त्यो सम्बन्धलाई त्यहि रोकिदिनु।
१०. ठुलो मान्छे त्यो होइन जसले ४ जना नोकर राख्न सक्छ, ठुलो मान्छे त त्यो हो जसले ४ जना नोकरको काम आफु एक्लै गर्न सक्छ।
११. जीवनको सत्य बुझ्न धेरै गाह्रो छैन, बस जुन तराजुमा अरुलाई तौलिने गर्नुहुन्छ त्यहि तराजुले कहिले काही आफैलाई तौलेर हेर्नु।
१२. जहाँ तिम्रो कदर हुदैन त्यहाँ जानु बेकार छ, चाहे त्यो कसैको घर होस् या कसैको मन। १३. उज्यालोमा त कोहि न कोहि भेटि नै हाल्छ, खोज त त्यस्तो मान्छेको गर जसले अध्याँरोमा पनि तिमीलाई साथ दिन्छ ।
१४. या त आफै मेहेनत गरेर आफ्नो भाग्य लेख नत्र परिस्थितिले तिम्रो भाग्य लेखिदिने छ। १५. जब कसैले तिमीलाई गिराउन खोज्छ तब यो मान्नु कि तमी त्यो भन्दा माथी रहेछौ।
१६. यदि तपाई भित्रको मान्छेले तपाईमाथी बिश्वास गर्छ भने बाहिरको मान्छेले तपाईको सफलतालाई रोक्न सक्दैन। १७. खुल्ला किताब जस्तै छु म केवल पढ्ने ले मात्र बुझछन पाना पल्टाउनेले होइन ।