No 1 News portal From Nepal in Nepali

खुशी नै छु जिन्दगीमा चाहेको सबै कुरा नपाए पनि धेरै कुरा सिकाएको छ जिन्दगीले – अनमोल भनाईहरु

१. महङ्गो थियो खुशी तर उ भने अति गरिब त्यही भएर उ कहिल्यै मुस्कुराउन सकेन । २. जिन्दगी कहिले खुशी हुन्छ कहिले दुखी तरपनि हिम्मत हार्न मन लाग्दैन जिन्दगीको अति नै माया लाग्छ । ३. कति कुरा मुखले बोल्नुपर्छ भन्ने जरुरी छैन तिम्रो ब्याबहार अनि स्वाभावले बोलिदिन्छन । ४. सोच्दैछु जिन्दगीमा खुशी कसरी हुनु भनेर तर अहिलेसम्म खुशी हुने पल नै भेटाएको छैन ।

५. साचो बोल्नु अरुले घमण्डी भनेर केहि हुदैन सत्य स्वीकार्नै पर्छ एकदिन । ६. कुरा नबुझेर नबोल , बोलाइ अनि बुझाइ फरक भयो भने बोल्नुको कुनै अर्थ रहदैन । ७. मुस्कान नै जिन्दगीको एउटा सच्चा साथी हो , जसले दुख भुलेर हास्न अनि बाच्न सिकाउछ । ८. निरास नहुनुस जिन्दगी देखि दुख सुख त आउछ जान्छ तर जिन्दगी नै गयो भने त धेरै रहरहरु अधुरा रहन्छन ।

९. खास भन्ने हो भने जिन्दगी यही हो भनेर जान्न अनि बुझ्न सारै गारो हुदोरहेछ कहिलेकाही । १०. खुशी पनि अचम्मको चिज रहेछ कहिलेकाही खुशी आफू संग हुन्छ तर खुशी बाडने आफ्नो कोहि हुदैन । ११. आजको दिन जिउ के थाहा भोलिको दिन होला या नहोला ।१२. बेला बेलाको कुराहो आज तिम्रो समय छ उड़ भोलि मेरो समय आयो भने उडाई दिने छु ।

१३. कसैले भने मलाई, तिमि धेरै परिवर्तन भाका छौ, भनिदिनु मैले मान्छेको हिसाबले जिउन छाडी दिए भनेर ।१४. अफसोस त यो कुराको लाग्यो कि, उस्लाई अलिकति फरक पनि परेन मेरो कमि को ! १५. सबै कुरा किताब बाट सिकिदैन केहि कुरा हरु जिन्दगि बाट पनि सिकिन्छ । १६. खुशी नै छु जिन्दगीमा चाहेको सबै कुरा नपाए पनि धेरै कुरा सिकाएको छ जिन्दगीले ।