No 1 News portal From Nepal in Nepali

के हो बयर ? थाहा पाइराख्नुस् बयर खानुका ९ औषधीय फाइदा र बेफाइदा

काठमाडौँ । बयर एक मौसमी फल हो । यो फल अनेक प्रकारको औषधीय गुणले भरिपूर्ण हुन्छ । साथै यसमा पौष्टिक तत्व जस्तै भिटामिन, खनिज पनि हुन्छन् । यो फल थुप्रै देशमा पाइन्छ । यो फलको उपयोग औषधी निर्माणमा पनि गरिन्छ । बयरको सेवन उचित मात्रामा गर्दा हाम्रो शरीरलाई थुप्रै फाइदा मिल्छ । तर यदि यसको सेवन सही तरिकाले नगरेको खण्डमा यसले स्वास्थ्यमा हानी पनि पुर्याइरहेको हुन्छ ।

बयर फलमा पाइने पौष्टिक तत्व: बयर फलमा अनेकौं पौष्टिक तत्व पाइन्छ । बयरमा प्रमुख रुपमा भिटामिन, राइबोफ्लेविन र थायमिनजस्ता तत्व पाइन्छ । यसका साथै यो प्रोटिन, पोटासियम, क्याल्सीयमसमेत थुप्रै पोषक तत्वको भण्डार मानिन्छ । यो फल भिटामिन सीको राम्रो स्रोत मानिन्छ । आयुर्वेदका अनुसार यसभित्रको दानामा क्यान्सरजस्तो रोगसँग लड्ने क्षमता हुन्छ । बयर फलमा पाइने केही प्रमुख पोषक तत्व यस प्रकार छन्: भिटामिन सी, ए र बी कम्प्लेक्स, कार्बोहाइड्रेट, फ्याट,आइरन र कपर,क्याल्सियम र फस्फोरस,सोडियम,जिंक, साइट्रिक एसिड

बयर खानुका फाइदा: बयर औषधीय गुणले भरिपूर्ण हुने भएकाले यो निकै लाभदायी हुन्छ । आयुर्वेदिक हिसाबले पनि बयर खानुका थुप्रै फाइदा छन् । बयरको फल, पात र त्यसभित्रको दानाको उपयोग अनेक प्रकारले गरिन्छ । यसको दाना गर्भवस्थामा बान्ता हुने, पेट दुख्नेलगायतका समस्या रोक्नका लागि पनि गरिन्छ । बयरका पात र जरा आयुर्वेदिक काढा बनाउन पनि प्रयोग गरिन्छ । बयरमा विभिन्न पोषक तत्व हुने भएकोले यसले शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो बनाउँछ । पारम्परिक चिकित्सा र अनिद्राजस्ता रोगको उपचारमा पनि बयरको प्रयोग गरिन्छ ।

बयर खानुका केही प्रमुख फाइदा यस प्रकार छन्: शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ,पाचन तन्त्र र कब्जियतजस्ता रोगमा फाइदाजनक,तनाव, अनिद्राजस्ता रोगमा उपयोगी,शरीरलाई ब्याक्टेरिया बाट रक्षा गर्छ,बयरमा भएको क्याल्सीयमले दाँत र हड्डी बलियो बनाउँछ,कलेजोसँग जोडिएको समस्यामा उपयोगी,एन्टी एजिङ् तत्वले अनुहारलाई सफा राख्छ,कपालको विकासमा लाभदायी

हुन त बयरले स्वास्थ्यमा धेरैजसो अवस्थामा फाइदा नै पुर्याइरहेको हुन्छ तर केही परिस्थितीमा बयरको सेवन गर्न नहुने बताइन्छ । केही आयुर्वेदिक अनुसन्धानमा बताइए अनुसार अत्यधिक मात्रामा बयरको सेवन गर्दा शरीर सुस्त हुने, भोक कम लाग्ने, कब्जियतजस्ता समस्या हुन सक्छन् । यद्यपि, बयरले खासै ठूलो हानी त गर्दैन तर यस्ता मानिसहरुले बयरको सकेसम्म सेवन नगर्नुहोस्: मधुमेहद्वारा ग्रसित मानिसहरुले,कम फाइवर डाइटको पालना गर्नेहरुले,लेटेक्सबाट एलर्जी हुनेहरुले पनि बयरको सेवन गर्नु हुँदैन, पेटको ग्यासबाट ग्रसित मानिसहरुले।

यो पनि,योगासन गर्दा सावधानी अपनाउनुपर्ने १५ कुरा, व्यावहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधन हो, योग । यस्तो योग आसन, प्राणायाम, मुद्रा बँध र षट्कर्म एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ । योगले शरीरको अंग, मांसपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ ।

शारीरिक एवं मानसिक उपचारमा योग सर्वाेत्तम विकल्प हो । यो यति शक्तिशाली एवं प्रभावकारी यसकारण हुन्छ कि, यसले सद्भाव र एकीकरणको सिद्धान्तमा काम गर्छ । मधुमेह, उच्च रक्तचाप, दम, युरिन एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य छ । मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ बनाउन योगले महत्वपूर्ण काम गर्छ ।

योगासन आफैंमा एउटा जटिल र महत्वपूर्ण क्रिया हो । शारीरिक एवं मानसिक तन्दुरुस्तीको लागि नियमित योगासन गर्नु अनिवार्य हुन्छ । तर योगासन भनेको अव्यवस्थित र विना योजना गर्ने अभ्यास भने होइन । यस्तो अवस्थामा यो घातक पनि हुन सक्छ । योजनाविहीन र कुनै प्रशिक्षकको सल्लाह विना नै यस्तो अभ्यास गर्दा यसले समस्या निम्त्याउन सक्ने भएकोले योगासनपूर्व केही कुरामा सावधानी अपनाउनुपर्ने हुन्छ ।

योगासनमा अपनाउनुपर्ने सावधानी : योगासन गर्नुपूर्व शौच, स्नान आदि निवृत्ति आवश्यक छ । प्रातः कालमा योगासन गर्नु अधिक लाभकारी हुन्छ । योगासन गरेपछि तुरुन्तै स्नान गर्नु उपयुक्त हुँदैन । पसिनालाई पंखामा नसुकाउनुहोस्, शरीरको ताप सामान्य नहुँदासम्म स्नान नगर्नुहोस् । योगासनको आधा घण्टापछि दूध, दलीय खाना, फल या अंकुरित अन्न थोरै भए पनि अवश्य लिनुहोस् । आसन एकान्त तथा धुलो, माटो वा धुलो रहित हुनुपर्छ । घरको छत, पार्क, नदीको किनार अथवा यस्तै खुल्ला ठाउँमा योग गर्नु उपयुक्त हुन्छ ।

जहाँ शुद्ध हावा आउने जाने भइरहन्छ । अधिक चिसोमा योगासन खुला कोठामा गर्न सकिन्छ । आसन गर्ने समयमा वस्त्र थोरैभन्दा थोरै शरीरमा खुल्ला आलको हुनुपर्छ । समतल भूमिमा बाक्लो कम्मल, बाक्लो दरी राखेर आसन तयार पार्नुहोस् । खाली भूमिमा केही पनि नबिछ्याइ आसन तयार नपार्नुहोस् । जसले शरीरमा हुनेवाला विद्युत् प्रवाह नष्ट हुँदैन । सास मुखले नलिएर नाकले लिनुपर्छ । आसन गर्ने समयका साथ जबरजस्ती नगर्नुहोस्।

अतः धैर्यपूर्वक आसन गर्नुहोस् । आसनको पूर्व थोरै ताजा जल पिउनु लाभदायक हुन्छ । अक्सिजन र हाइड्रोजनमा विभाजित भएर सन्धि स्थानको मल निकाल्नमा पानी सहायक हुने गर्छ । आसनको स्थितिमा श्वासप्रश्वासको विशेष ध्यान राख्नुहोस् । आसन गर्दा जति समय सहजताका साथ गर्न सक्नुहुन्छ त्यति समय गर्नुहोस् । आसन नियमित तथा एकाग्रचित्त राखेर गर्नुहोस् । रुग्णावस्थामा कुशल योग शिक्षकको रेखदेख आवश्यक पर्छ । भोजनको चार घण्टापछि मात्रै आसन शुरु गर्न सक्नुहुनेछ ।