No 1 News portal From Nepal in Nepali

किवी पौष्टिक तत्वले भरिपूर्ण, प्रतिरोधी क्षमता बढाउन देखि रक्तचाप कम गर्न अत्यन्तै उपयोगी

हरियो रङको सानो देखिने कीवी गुणको खजाना हो। भिटामिन बी, सी, एन्टिअक्सिडेन्ट, फस्फोरस, पोटासियम र क्याल्सियमले भरिपूर्ण कीवी पोषक तत्वको पावरहाउस हो। स्वास्थ्यका लागि यसको कमालको फाइदालाई मध्यनजर गर्दै स्वास्थ्यविद्ले सबैलाई किवी खान सल्लाह दिन्छन्। आउनुहोस्, कीवी खाँदा शरीरले कस्तो प्रकारको फाइदा पाउँछ, यसबारे जानकारी लिऔं।

डीएनएको मर्मत गर्छ: तनाव, धुम्रपान, क्यान्सर, किमोथेरेपी, रेडिएशन, अत्यधिक औषधी र प्रदूषणको असर हाम्रो डीएनएमा पनि पर्छ । यसका कारण मृगौला, फोक्सो र दिमागसँग सम्बन्धित विभिन्न प्रकारका रोग लाग्छन् । किवीले डिएनएलाई सुधार्ने काम गर्छ । किवीको नियमित सेवनले पेटको क्यान्सरको खतरा कम हुने विभिन्न अनुसन्धानले देखाउँछ ।

इम्युनिटी बूस्टर: कीवीमा असाध्यै धेरै भिटामिन सी र एन्टिअक्सिडेन्ट हुन्छ । यसले प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ र शरीरलाई रोगबाट टाढा राख्छ । कीवीलाई निकै राम्रो इम्युनिटी बूस्टर मानिन्छ ।

रक्तचापलाई नियन्त्रण गर्छ: सन् २०१४ को एक अनुसन्धानका अनुसार एकदिनमा लगभग २–३ वटा किवी खाँदा रक्तचाप कम हुन्छ । लामो समयसम्म यसको नियमित सेवन गर्दा उच्च रक्तचाप, स्ट्रोक, हृदयघात वा मुटुसँग सम्बन्धित रोग टाढै रहन्छ ।

रगत जम्न दिँदैन: किवीले रगत जम्न पनि दिँदैन । हरेक दिन २–३ वटा किवी खाँदा रगत जम्न पाउँदैन । यो फलले रगतमा बोसोको मात्रालाई काम गर्न पनि मद्दत गर्छ ।

घाउ छिटो निको हुन मद्दत गर्छ: यदि तपाईंलाई घाउ लागेको छ वा तपाईंको शल्यक्रिया भएको छ भने किवी कुनै पनि हालमा खानुहोस् । यसले तपाईंलाई घाउ छिटो निको हुन मद्दत गर्छ । किवीमा पाइने प्राकृतिक तत्व र एन्टीब्याक्टेरियल एजेन्टले घाउलाई छिटो निको बनाउँछ ।