No 1 News portal From Nepal in Nepali

मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन,असोज २१ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ । काममा जोश र जागर बढ्ने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ । पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । वादविवादको सामना गर्नु पर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ । घर परिवारमा केही मनमुटाव पनि होला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, सफलता भने प्राप्त हुने छैन । ब्यर्थै समयको नाश होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चल अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । चल–अचल सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ । पाहुनाको आगमन होला । प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिवारमा समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च बढने तथा शत्रुले सताउने योग छ, सजक रहनु होला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । सवारी साधन चलाउँदा विचार पुर्याएर चलाउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज तपाइको धन लाभको योग छ । पढाइमा प्रगती होला । दिन खुशी साथ बित्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलै छ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । ठूला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । धन लाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । पुराना कामहरु सम्पन्न हुन सक्ने दिन रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । कृषिको कामबाट लाभ होला । आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ । लेनदेको काम पनि नगरेकै बेश होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । टाढाको यात्रा आज नगर्नु होला । व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबढीको सम्भावना छ, खानामा एकदमै सजक रहनु होला । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको नाश हुन सक्छ, प्रेममा पनि धोका होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पठन पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । बैदेशिक क्षेत्रको लगानी फाइदै होला । कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।