No 1 News portal From Nepal in Nepali

मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन,असोज २२ गते शुक्रबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रुपैँया पैसाको कारोबार हुने दिन रहेको छ । आफन्तसँग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या आउने देखिन्छ, विशेष सतर्क रहनु होला । काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ । आर्थिक अभावले पनि सताउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) नोकरीमा पदोन्नति हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला । आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ । रिसको कारणले हातमा आएका अवसर गुम्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ । नसोचेको ठाँउबाट आर्थिक लाभ पनि होला । नयाँ उद्योग धन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहयोगीहरूबाट उचित सहयोग पाइनेछ । पारिवारिक असमझदारी र बन्धुबान्धबसँग मनमुटाव पनि होला । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । घरमा सामान्य मनमुटाव होला । केही दण्ड जरिवानाको पनि सम्भावना छ । महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । रोगको कारणले पैसा खर्च हुने दिन रहेको छ । अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । नष, जोर्नी वा घुडा सम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पढाइ लेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ । नोकरीमा पदोन्नति तथा व्यापार व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । मेहनत गर्दा राम्रै उपलब्धि हात लागी हुनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै बित्ला । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ । सन्तानबाट प्रसन्नता मिल्नेछ । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मानहानि वा अपजशको सम्भावना छ । कसैको लैलैमा टाढाको यात्रा समेत हुन सक्छ । धनधान्य लाभ, कृषि कर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ, होस पुर्याउनु होला । निजी व्यवसाय र कृषि कर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ । विपरीत लिंगीहरू प्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) भूमि, घर अथवा वाहन प्राप्तिको योग छ । यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरीतर्फ हुनेहरूका लागि पदोन्नतिको समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ ।

तपाईको दिन शुभ रहोस् ।