No 1 News portal From Nepal in Nepali

यी चार खाने कुराले बढाउँछ क्यान्सरको जोखिम, यस्ता लक्षणलाई नगर्नुहोस् वेवास्ता

अहिलेको अस्तव्यस्त जीवनशैलीका कारण हरेक मानिस कुनै कुनै किसिमको समस्याबाट जुधिरहेको हुन्छ। आफ्नो आसपास यस्ता रोग छन्, जसले हेर्दा हेर्दै आफ्नो शिकार बनाउने गर्छन्। यस्तै क्यान्सर पनि एक रोग हो । जो निकै खतरनाक हुने गर्छ। यो समस्या खराब खानपान र जीवनशैलीका कारण हुने गर्छ। राम्रो दिनचर्याका साथसाथ हामीले स्वस्थ रहनका लागि खानपानमा पनि विशेष ध्यान दिनुपर्छ। केही यस्ता चीज छन्, जसको सेवन गर्दा पनि क्यान्सरको जोखिम उच्च हुने गर्छ। यस्तो अवस्थामा तपाईले त्यस्ता चीजको सेवन सिमित बनाउनु पर्ने हुन्छ।

आउनुहोस् जानौँ कुन कुन हुन् क्यान्सरको जोखिम बढाउने खानेकुरा: धेरै पाकेको चीज: जुन चीज धेरै तापक्रममा पकाइने गरिन्छ। जस्तै फ्राई, सेकुवा जस्ता खानेकुरा धेरै सेवन गर्दा क्यान्सरको जोखिम उच्च हुने गर्छ। जसमा हेट्रोसाइक्लिक एमान्स र एडवान्स ग्लाइकेशन एण्ड प्रोडक्ट्स जस्ता हानिकारण तत्वको उत्पादन बढ्ने गर्छ।

प्रशोधित मासु: पशोधित मासुको धेरै सेवनले पनि क्यान्सरको जोखिम बढाउने काम गर्छ। इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरको एक अध्ययनले यो देखाएको थियो। अध्ययनका अनुसार प्रशोधित मासुमा क्यान्सरको जोखिम उच्च हुने गर्छ। किनकी यसमा स्वाद बढाउनका लागि नुन र अन्य कुराको प्रयोग गरिएको हुन्छ। जसका कारण पेटको क्यान्सर हुने जोखिम उच्च हुन्छ।

प्रशोधित खानेकुरा: प्रशोधित खाने कुराको धेरै सेवन गर्दा पनि क्यान्सर हुने सम्भावना उच्च हुन्छ। किनकी यी खानमा सुगरको मात्रा अधिक हुने गर्छ भने पोषक तत्व र फाइबर कम हुने गर्छ। जसका कारण यसले ब्लड सुगर बढाउने गर्छ। र यसले विभिन्न किसिमका क्यान्सरको जोखिम पनि बढाउने गर्छ।

नमकिन लगायतका खानेकुरा: नमकिन लगातयतका खानेकुरा धेरै खाँदा पनि क्यान्सरको जोखिम उच्च हुने गर्छ। यसमा अचार, नमकिन, स्नेक्स, माछा तथा मसलेदार खानेकुरा पर्दछन्। जसले पेट क्यान्सरको खतरालाई बढाउने गर्छ। त्यसैले यस्ता चीज सिमित मात्रामा खानु वा छोड्नु नै राम्रो मानिन्छ।