No 1 News portal From Nepal in Nepali

हरेक पलमा रमाउन सिक्नुपर्छ, यादहरु फिर्ता आउँछन तर समय फर्किदैन – अनमोल भनाईहरु

१. यदि म नराम्रो छु भने नराम्रो नै सहि छु तर राम्रो भएको ढोंग त गर्दिन ।
२. बिना मेहनत केहि पनि मिल्दैन साथी , प्रकृति चरीलाई खाना अवश्य दिन्छ तर गुँड मा होइन ।

३. उनी मान्छेलाई ‘केयर’ नगर्नुहोस् जो तपाईलाई ‘इग्नोर’ गर्छन् बरु उनी मान्छेलाई ‘केयर’ गर्नुहोस् जो तपाईंको लागि अरुलाई ‘इग्नोर’ गर्छन् ।
४. जिन्दगीमा हरेक व्यक्ति केहि न केहि सिकाएर जान्छ र त्यो सबकले तपाईंलाई राम्रो व्यक्ति बनाउँदछ ।

५. दुनियाँलाई घृणाको यकिन दिलाउनु पर्दैन तर मान्छे मायाको प्रमाण अवश्य माग्छन् ।
६. प्रत्येक व्यक्तिको जिन्दगीमा एउटा क्षण यस्तो जरुर हुन्छ , जसलाई ऊ कहिल्यै भुल्न सक्दैन ।
७. कसैले म सँग नराम्रो गर्दछ भने ऊ उसको कर्म हो । म कसैसँग राम्रो गर्दछु यो मेरो धर्म हो ।

८. धोका दिएको म धन्यवाद मेरो प्रिय , तिमी भेटिँदैनथ्यौ भने शाहेद जिन्दगीलाई बुझदैंन्थे ।
९. व्यवहारिक होइन अब दुनियाँ बरु व्यवसायीक भैसक्यो सम्बन्धहरु उनीसँगै मधुर हुन्छन जोसँग मुनाफा धेरै हुन्छ ।

१०. जसले आमाबाबुलाई स्वर्ग लिएर जान्छ त्यो छोरा हो, जसले स्वर्गलाईनै घरमा लिएर आउछ त्यो छोरी हो,र जसले घरलाईनै स्वर्ग बनाइदिन्छ त्यो बुहारी हो।
११. प्रक्रितीको नियम जिबनको नियम मनको नियम मा हिंड्न सिक्यौ भने अरुको नियममा हिंड्नु पर्दैन ।

१२. राम्रो दिन भन्दा पनि राम्रो सम्बन्धलाई सम्हालेर राखनुहोस् किनकी राम्रो सम्बन्धले राम्रो दिन ल्याउन सक्छ तर,राम्रो दिनले राम्रो मान्छेलाई ल्याउन सक्दैन।
१३. आफ़नो स्वाभिमानलाई यस्तो ‘पोखरी’ बनाउनुस् कि देख्नेले फोहोर देखेता पनि त्यहाँ कमलको फुल फूलोस् र मैं हूँ भन्ने जंगलको राजा सिंह नै आए पनि सिर झुकाएर पानी पियोस।

१४. जिन्दगीमा तपाईं जे गर्न चाहनुहुन्छ त्यो अवस्य गर्नुस , यो नसोच्नुस कि मान्छेले के भन्लान ? किनकी मान्छेले तब पनि भन्छन जब तपाईं केही गर्नु हुन्न ।
१५. जीवनमा कठिनाई हामीलाई दुख दिनका लागि आएको हुँदैन । बरु यो त हामीभित्र लुकेको सामथ्र्य र शक्तिलाई बाहिर निकाल्न आएको हुन्छ ।

१६. तपाईं भित्र बद्लिनु भयो भने बाहिर निस्क्न सक्नु हुन्छ तपाई बाहिर बद्ल्न खोज्नु भयो भने जहाँ को तेही रहनु हुन्छ ।
१७. हरेक पलमा रमाउन सिक्नुपर्छ ! यादहरु फिर्ता आउँछन तर समय फर्किदैन !