No 1 News portal From Nepal in Nepali

थाहा पाइराख्नुहोस् कुन झारपात कुन रोगका लागि हुन्छ उपयोगी ? सबैले जान्नैपर्ने

काठमाडौँ । जडिबुटी नेपालको सम्पत्ति हो । हाम्रा पितापुर्खाले यही जडिबुटी अर्थात आफ्नै बारी र भिरपाखाका झारपातबाट दीर्घजीवन प्राप्त गरेका थिए । तर, पछिल्लो पुस्ता यसबाट अनविज्ञ मात्र छैन । यसप्रति पुरै उपेक्षा गरेर अघि बढेको छ । तर, आफैमा सुगन्ध बोकेर सुगन्धको खोजीमा दौडिएको कस्तरीझै भएका हामी आफ्नै परम्परागत विधिमा फर्कनुको विकल्प छैन ।

किनभने हाम्रा बारीका कान्लाहरुमा उम्रने, बढ्ने र हुर्कने हरेक झारपातमा औषधिको महत्व छ । आवश्यक यति मात्र हो कि त्यसको पहिचान र प्रवर्द्धन हुन सकेको छैन । त्यस्तै तपाईकै बारीका कान्लामा रहेका केही झारपातको महत्व यहाँ उल्लेख गरिएको छ।

तुलसी: ज्वरो, रुघा, खोकी, क्यान्सर आदि रोगमा उपयोगी हुन्छ। निम: छाला, रगत र दाँतसम्बन्धी रोगमा फाइदाजनक मानिन्छ। बेसार: क्यान्सर, घाउचोट, रक्त विकार आदिमा प्रयोग गर्न सकिन्छ। अमला: आँखा, पेट, शारीरिक कमजोरी एवं केशसम्बन्धी समस्यामा उपयोगी हुन्छ। जामुन: मधुमेह, दाँत, मुख, घाँटी आदिको समस्यामा प्रयोग गर्दा पर्याप्त फाइदा हुन्छ।

अर्जुन:हृदय तथा हड्डी रोगमा उपयोगी हुन्छ। अम्बा: मुखको घाउका साथे घाँटी, दाँत एवं पेटको रोगमा लाभ लिन सकिन्छ। पत्थरचट्टा: पत्थरी तथा पिसाबसम्बन्धी समस्यामा प्रयोग गर्न सकिन्छ। बेल: मधुमेह, उच्च रक्तचाप, गर्मी आदि समस्यामा उपयोगी हुन्छ।

अदुवा: दम, रुघाखोकी, जन्डिस, जोर्नीको पीडा आदिमा प्रयोग गर्नु फाइदाजनक हुन्छ। प्याज: आँखा, कानका साथे गर्मीको समस्यामा लाभदायक मानिन्छ। घोडताप्रे: तनाव, अनिन्द्रा एवं मस्तिष्कसम्बन्धी समस्यामा उपयोगी हुन्छ।

यो पनि,यी हुन् कपाल झर्न रोक्न खानै पर्ने खानेकुरा जानीराखौं, गर्मीको मौसम आइसकेको छ । गर्मी मौसममा तेजिलो घाम र हावाले कपाललाई नकारात्मक असर पार्छ । यो मौसममा कपाल सुख्खा र रुखो बन्छ । जसले गर्दा कपाल अत्यधिक झर्न सुरु गर्छ । विशेषज्ञहरू मौसम परिवर्तन हुने समयमा कपालको स्याहार गर्न सल्लाह दिन्छन् ।

कपाल झर्न रोक्नका लागि खानपान र जीवनशैलीमा विशेष ध्यान दिन आवश्यक छ । खानपान राम्रो बनाउनका लागि सन्तुलित खानेकुरा खानुपर्छ । जसबाट पर्याप्त मात्रामा न्युट्रिशन, भिटामिन, मिनरल र एन्टिअक्सिडेन्ट प्राप्त हुन्छ । यसले स्वास्थ्य मात्र होइन कपाललाई पनि बलियो बनाउँछ ।

भिटामिन बी: भिटामिन बी, बी१, बी२, बी३, बी५, बी७, बी९ र बी१२ पानीमा घुलनशील भिटामिन हो । यी भिटामिनहरुले अक्सिजनलाई कपालको जरासम्म पुर्याउँछ । जसले न्युट्रिसन प्राप्त हुन्छ । यसले कपालको पनि वृद्धि गर्छ । यो भिटामिन प्राप्त गर्नका लागि फलफूल, केरा, अण्डा, दूध, मासु, पत्तेदार सागसब्जी र होल ग्रेनहरुको सेवन धेरै गर्नुपर्छ ।

भिटामिन ई: भिटामिन ई कपालका लागि अत्यन्तै आवश्यक भिटामिन हो । भिटामिट ई पाइने खानेकुरा, मासु, अण्डा, फलफूल, सागसब्जी, बदाम आदि खानेकुरा खाने गर्नुपर्छ ।

भिटामिन सी: भिटामिन सी पानीमा घुल्ने भिटामिन हो । यसले कपाललाई बलियो बनाउन मद्दत गर्छ । यसले कोलेजन बनाउन मद्दत गर्छ । भिटामिन सीयुक्त खानेकुराहरु जस्तैः कागती, सुन्तला, अमला आदिको सेवन गरेर भिटामिन सी प्राप्त गर्न सकिन्छ ।

भिटामिन ए: भिटामिन ए कपालको लागि अत्यन्त आवश्यक तत्व हो । यसले कपाललाई मोइस्चर गर्नुका साथै कपाललाई बढ्न पनि मद्दत गर्छ । गाजर, दूध, टमाटर, शकरकंद, तरबुज, रातो खुर्सानी, अण्डा, माछा आदिमा भिटामिन ए पाउन सकिन्छ ।

प्रोटिन: कपाल बढ्नका लागि प्रोटिनको आवश्यकता धेरै हुन्छ । प्रोटिनको सेवनले कपाल रुखो हुने र झर्ने पनि समस्या हुँदैन । प्रोटिन अण्डा, मासु, पनीर, टोफू, बदाम, नट्स, दाल आदिमा पाइन्छ । आइरन: विशेषज्ञका अनुसार कपाल झर्नुको मुख्य कारण शरीरमा आइरनको कमी हुनु हो । त्यसले आइरनयुक्त खानेकुराको सेवनले कपाल झर्न रोक्न सकिन्छ । यसका लागि पालक, बिन्स, मटर र फलफूल खाने गर्नुपर्छ ।