No 1 News portal From Nepal in Nepali

के तपाईले कोदोबाट बनेका परिकारहरु खानु भएको छ ? कोदो खाँदा हाम्रो स्वास्थ्यका लागि यति धेरै फाइदाहरु

एजेन्सी । कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन् । तिनीहरू यसको गुणमा होइन कि रंगमा गएकाले त्यस्तो भएको बुझ्न गाह्रो छैन । तर, कोदो तपाईंहामीले सोचेजस्तो कम गुणकारी खाद्यान्न भने हुँदै होइन। यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ ।

यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ । मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ ।

कोदो खाँदाका फाइदा: मुुटु रोग लाग्न दिँदैन,एन्टिअक्सिडेन्ट गुण हुन्छ,हाड बलियो बनाउँछ,बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ,नराम्रो कोलेस्ट्रोल घटाउँछ,शरीरको विषाक्तता बाहिर निकाल्छ,पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ,रगतको कमी हुन दिँदैन,कब्जियत हुन पाउँदैन,टाइप २ मधुमेहबाट जोगाउँछ,स्तन क्यान्सर हुन दिँदैन,शारीरिक तौल नियन्त्रित राख्छ,रक्तचाप घटाउन प्रभावकारी हुन्छ,मृगौला र कलेजोको रोग लाग्न दिँदैन।

रोगप्रतिरोधी क्षमता बढाउँछ,फलफूल र सागसब्जी जतिकै पोषक हुन्छ,ऊर्जाको राम्रो स्रोत हो,पित्त थैलीमा पत्थरी हुन दिँदैन । मीठो निद्रामा सघाउँछ,छाला चम्किलो बनाइराख्छ,घाउ छिटो भरिन सघाउँछ,आमाको दूध बढाउँछ,मोटाहरूका लागि उपयोगी हुन्छ,सिलिएक रोग वा ग्लुटेन एलर्जीबाट पीडितहरूका लागि उपयोगी हुन्छ, कुपोषण हुन दिँदैन ।

यो पनि पढ्नुस, मोटाउन चाहनुहुन्छ ? उसोभए यी खानेकुरा खाने गर्नुहोस्: कतिपय मानिस दुब्लोपनाका कारण चिन्तित हुन सक्छन्। यस्तो समस्याबाट मुक्ति पाउन यस्ता खानेकुरा सेवन गर्नुपर्छ । गहुँको रोटी: नियमित गहुँको रोटी सेवन गर्दा तौल बढाउन सकिन्छ। गहुँमा अत्यधिक प्रोटिन, फ्याट र भिटामिन बी पाइन्छ। साथै, यसमा क्यालोरी पनि बढी हुने भएकाले तौल बढाउन उपयोगी मानिएको छकतिपय मानिस दुब्लोपनाका कारण चिन्तित हुन सक्छन्। यस्तो समस्याबाट मुक्ति पाउन यस्ता खानेकुरा सेवन गर्नुपर्छ ।

गहुँको रोटी: नियमित गहुँको रोटी सेवन गर्दा तौल बढाउन सकिन्छ। गहुँमा अत्यधिक प्रोटिन, फ्याट र भिटामिन बी पाइन्छ। साथै, यसमा क्यालोरी पनि बढी हुने भएकाले तौल बढाउन उपयोगी मानिएकाे छ। प्रोटिनयुक्त पदार्थ: माछा, मासु, अण्डा र दूध आदिजस्ता अत्यधिक प्रोटिन पाइने खानेकुरा नियमित खाने गरे तौल बढ्छ। मौसमी फलफूल: मौसमी फलफूल नियमित खाने गरेमा तौल कम भएको समस्या हल हुन मद्दत गर्छ। फलफूलको रस पिउनु अझै उपयोगी हुन्छ।

क्यालोरीयुक्त खाना: बिहानको समयमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खाँदा तौल बढ्छ। साथै, सधैँ समयमा खाना खाने गर्नाले पनि तौलमा सन्तुलन आउँछ। अझ शारीरिक परिश्रम धेरै गर्ने मानिसलाई बढी क्यालोरीयुक्त खाना आवश्यक हुन्छ । केरा; केरा ऊर्जा दिने फल हो। यसमा पाइने पौष्टिक तत्त्वले समस्याबाट बचाउन मद्दत गर्छ। यसर्थ, नियमित केरा सेवन गर्दा औसत तौल स्वतः बढ्छ।

काजु\बदाम; काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्त्व र फाइबर पाइने भएकाले यसले तौल बढाउन मद्दत गर्छ। काजुमा शरीरका लागि अत्यावश्यक म्याग्नेसियम र क्यालसियम पनि पाइने भएकाले यसले हड्डीलाई मजबुत बनाउनुका साथै मांसपेशी स्वस्थ राख्छ। तर यसलाई मात्रा मिलाएर नियमित खानुपर्छ ।

प्रोटिनयुक्त पदार्थ: माछा, मासु, अण्डा र दूध आदिजस्ता अत्यधिक प्रोटिन पाइने खानेकुरा नियमित खाने गरे तौल बढ्छ । मौसमी फलफूल: मौसमी फलफूल नियमित खाने गरेमा तौल कम भएको समस्या हल हुन मद्दत गर्छ। फलफूलको रस पिउनु अझै उपयोगी हुन्छ।

क्यालोरीयुक्त खाना: बिहानको समयमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खाँदा तौल बढ्छ। साथै, सधैँ समयमा खाना खाने गर्नाले पनि तौलमा सन्तुलन आउँछ। अझ शारीरिक परिश्रम धेरै गर्ने मानिसलाई बढी क्यालोरीयुक्त खाना आवश्यक हुन्छ । केरा: केरा ऊर्जा दिने फल हो। यसमा पाइने पौष्टिक तत्त्वले समस्याबाट बचाउन मद्दत गर्छ। यसर्थ, नियमित केरा सेवन गर्दा औसत तौल स्वतः बढ्छ।

काजु्बदाम: काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्त्व र फाइबर पाइने भएकाले यसले तौल बढाउन मद्दत गर्छ। काजुमा शरीरका लागि अत्यावश्यक म्याग्नेसियम र क्यालसियम पनि पाइने भएकाले यसले हड्डीलाई मजबुत बनाउनुका साथै मांसपेशी स्वस्थ राख्छ। तर यसलाई मात्रा मिलाएर नियमित खानुपर्छ ।