No 1 News portal From Nepal in Nepali

जिम्बु खाने गर्नु भएको छ ? यस्ता छन् जिम्बुका घरेलु उपचारको लागि औषधीय गुण

लसुन जस्तै तर प्याजी रंगमा फुल्ने मसिनो खालको वास्नादार बिरुवा हो जिम्बु। यसकौ बैज्ञानिक नाम Allium Hypsistum हो। यो विरुवा हिमाली भेकको ३९०० मिटर देखि ५५०० मिटरको उचाइमा पाइन्छ।मुस्ताङ र डोल्पाको माथिल्लो भेगमा पाइने एक किसिमको जडीबुटी जिम्बुलाई तरकारी तथा दालको परिकारमा झानेर खाने परम्परा छ। झानेर खाँदा स्वादिष्ट हुने जिम्बुलाई मुस्ताङ्गीहरुले कोसेलीको रुपमा देशका विभिन्न भागमा पुर्याउने गरेका छन् ।

समुन्द्री सतहदेखि तीन हजार ५०० मिटर उचाई भन्दामाथि पाइने जिम्बुलाई टिपेर घाममा सुकाएपछि बजारमा लैजाने गरिन्छ । मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम गाविसका माथिल्लो भेगमा पाइने जिम्बुलाई स्थानीयवासीले सङ्कलन गरेर किलोको हिसाबमा बिक्री गर्ने गर्दछन् । अचार, दाल र तरकारीलाई स्वादिष्ट बनाउन प्रयोग गरिने जिम्बु बेचेर घरखर्च समेत जुटाउने गरेका छन् । सर्वसाधारणले जिम्बुलाई खाना स्वादिष्ट बनाउन मात्र नभई घरेलु औषधीको रुपमा प्रयोग गर्ने गर्छन् ।

जिम्बु खानुका फाइदाहरु: जिम्बुले अपच, अरुची, वायुगोला, संक्रमित रुघाखोकी, पिनास, पेटदुखाइ, सुनिने, जीउ दुखाई, मुसा तथा गिर्खा आउनेमा लाभ पुर्याउछ। चिसो, कफ सम्बन्धी रोगहरु, शरीर दुख्ने भोजन नमिठो लाग्नेहरुलाई खानामा रुचि बढाउछ ।