No 1 News portal From Nepal in Nepali

पेस्ता सेवन गर्नाले हुने यस्ता अद्भूत फाइदाहरु

पेस्ता मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने वनस्पति हो । स्वादिलो परिकार तयार पार्न पेस्ताको प्रयोगलाई प्रमुख स्वादका रुपमा सेफहरुले लिने गरेका छन्। पेस्ताको स्वाद मन नपराउने हामीमध्ये थोरै मात्र होलान् । ठूला होस वा साना सबै होटलका सेफहरु पेस्ताको बखान गरेर थाक्दैनन्। पेस्ता सेवन गर्नाले हुने फाइदाहरु:

१) मुटु: नियमित रुपमा पेस्ता खानाले मुटुजन्य समस्या बाट सहजै छुटकारा पाउन सकिन्छ। पेस्ताले मुटुको धड्कनलाई नियमित बनाउन सहयोग गर्छ। पेस्ता सेवन उच्च रक्तचाप हुनेहरुका लागि अति उपयुक्त ओखती पनि हो। २) स्वस्थकर चिल्लो: पेस्तामा शरीरलाई फाइदा हुने चिल्लो पदार्थ लुकेको हुन्छ । ५० दाना पेस्तामा १६० क्यालोरी लुकेको हुन्छ । यसको अर्थ पेस्ता लो क्यालोरी भएको खाजा भन्दा पनि हुन्छ।

३) फाइबर: अन्य फाइबर जन्य खोराकको अनुपातमा पेस्तामा अत्यधिक मात्रामा फाइबर उपलब्ध हुन्छ । ४) क्यारोटिन: पेस्तामा क्यारोटिनोइड भन्ने विशेषता लुकेको हुन्छ जसले आँखाको जोतीलाई बलियो बनाइराख्न मद्धत पुर्याउँछ। ५) मासुको सट्टामा: पिस्तामा आबद्ध फिटोसटेरोल्स भन्ने तत्वले अन्य श्रोतबाट शरीरमा प्रवेशहुने कोलस्ट्रोललाई सोस्ने काम गर्छ। अनि यसले मासुले प्रदान गर्ने शक्ति प्रदान गर्छ।

६) प्रोटिन: हरियो सागसब्जिमा जस्तै पेस्तामा पनि प्रोटिनको मात्रा लुकेको हुन्छ र यसको सेवन साकाहारी तथा मान्साहारी दुबै थरिका मानिसहरु गर्छन् किनकि यसको प्रयोग माछामासुको सट्टामा गर्न सकिन्छ।

७) विषादीनाशक: केही निश्चित प्रकारका खानेकुरामा उपलब्ध फेनोलीक भन्ने तत्व पेस्तामा पनि उपलब्ध छ जसले शरीरमा विषादीनाशकको काम गर्छ। विषादीनाशक गुणले शरीरमा तनाव उत्पन्न हुन दिदैन जसका कारण क्यान्सर तथा मुटुजन्य रोगले घर बनाउन सक्तैन। ८) पोषण: पेस्तामा आइरन, पोटासियम, फासफोरस, म्याग्नेसियम तथा भिटामीन बी को मात्रा उपलब्ध हुन्छ ।