No 1 News portal From Nepal in Nepali

यस्ता रोगलाई एकै झट्कामा च्वाट बनाउँछ गाईको घिउँले, मानिन्छ यस्ता रोगको लागि अचुक रामबाण औषधि

काठमाडौँ । गाईको दूधबाट बनाइएको घिउ नेपालीहरूले प्रायः प्रयोग गरिरहेका हुन्छन् । यसले खानाको स्वाद दुईगुणा बढाउँछ र यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा अनेक किसिमका एसिड र बीटा क्यारोटीन पाइन्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगसँग लड्न शरीरलाई मद्दत गर्छ । यसका अन्य फाइदा पनि जानिराखौं ।

कानको पीडा: कानको जाली बिग्रँदा असाध्यै पीडा हुन्छ र सुन्ने शक्ति पनि कमजोर हुन्छ । तर गाईको घिउका केही थोपा नाकमा दिनदिनै हाल्ने गर्नुभयो भने फाइदा हुन्छ । हातगोडा पोल्ने: हातगोडा पोल्ने समस्या आइलागेमा गाईको घिउ पाइतलामा मालिश गर्दा ठीक हुन्छ ।

बाडुली: लामो समयसम्म बाडुली लागेर समस्या आएमा आधी चम्चा गाईको घिउ खानुस् । तत्कालै बाडुली बन्द हुन्छ । कपाल झर्ने: कपाल झर्ने समस्या आजकल धेरैले भोगिरहेका छन् । धेरै महिलाहरू यसबाट ग्रस्त छन् । यसबाट बच्नका लागि दिनदिनै गाईको घिउ एक चम्चा खाने गर्नुस् ।

एसिडिटी: एसिडिटीको समस्या भएमा दिनदिनै गाईको घिउ खानुपर्छ । एसिडटीका साथसाथै कब्जियतको समस्या पनि भाग्छ । कमजोरी महसुस हुन्छ भने: यदि तपाईलाई धेरै कमजोरी छ भने, आधा चम्चा गाईको घिउँ र चिनी मिश्री वा मह एक गिलास दुधमा राख्नुहोस् र यसलाई दिनहुँ खाने गर्नुहोस् ।

बाथ,पित्त र कफ: बाथ,पित्त र कफ सम्बन्धित कुनै समस्या छ भने तपाईको नाकमा गाईको घिउँका केही थोपा हाल्नुहोस्। तपाईले यसबाट फाइदा लिनुहुनेछ। हड्डिलाई मजबुत राख्न गाई घिउँ: घिउँमा क्याल्शियमको अतिरिक्त भिटामिन के पनि हुन्छ जसले हड्डीहरू बलियो राख्न मद्दत गर्दछ।

यो पनि पढ्नुस: के तपाईले कोदोबाट बनेका परिकारहरु खानु भएको छ ? कोदो खाँदा हाम्रो स्वास्थ्यका लागि यति धेरै फाइदाहरु, कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन् । तिनीहरू यसको गुणमा होइन कि रंगमा गएकाले त्यस्तो भएको बुझ्न गाह्रो छैन । तर, कोदो तपाईंहामीले सोचेजस्तो कम गुणकारी खाद्यान्न भने हुँदै होइन। यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ ।

यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ । मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ ।

कोदो खाँदाका फाइदा: मुुटु रोग लाग्न दिँदैन,एन्टिअक्सिडेन्ट गुण हुन्छ,हाड बलियो बनाउँछ,बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ,नराम्रो कोलेस्ट्रोल घटाउँछ,शरीरको विषाक्तता बाहिर निकाल्छ,पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ,रगतको कमी हुन दिँदैन,कब्जियत हुन पाउँदैन,टाइप २ मधुमेहबाट जोगाउँछ,स्तन क्यान्सर हुन दिँदैन,शारीरिक तौल नियन्त्रित राख्छ,रक्तचाप घटाउन प्रभावकारी हुन्छ,मृगौला र कलेजोको रोग लाग्न दिँदैन।

रोगप्रतिरोधी क्षमता बढाउँछ,फलफूल र सागसब्जी जतिकै पोषक हुन्छ,ऊर्जाको राम्रो स्रोत हो,पित्त थैलीमा पत्थरी हुन दिँदैन । मीठो निद्रामा सघाउँछ,छाला चम्किलो बनाइराख्छ,घाउ छिटो भरिन सघाउँछ,आमाको दूध बढाउँछ,मोटाहरूका लागि उपयोगी हुन्छ,सिलिएक रोग वा ग्लुटेन एलर्जीबाट पीडितहरूका लागि उपयोगी हुन्छ, कुपोषण हुन दिँदैन ।