No 1 News portal From Nepal in Nepali

किन खराब हुन्छ तपाइँको पेट ? यी हुन् ५ कारण

काठमाडौँ । धेरै मानिसलाई अपचको समस्या हुन्छ। कहिलेकाहीँ धेरै उपाय गर्दा पनि अपचको समस्या दूर हुँदैन । कहिलेकाहीँ संक्रमणले त कहिलेकाहीँ हाम्रै जिवनशैली तथा खानपानका कारण अपचको समस्या सिर्जना भएको हुन्छ, जसलाई हामी हेलचेक्राई गरिरहेका हुन्छौँ । विज्ञका अनुसार अपच हुनुका ५ कारण यस्ता छन्:

खाना लगत्तै पानी: खाना खाए लगत्तै वा खाना सँगै पानी वा अरु कुनै तरल पदार्थ धेरै पिउनाले पाचन क्रियामा सघाउने इन्जाइमहरु कम उत्पादन हुन्छन् । जसका कारण पाचन क्रिया ढिलो हुन्छ र खाएको खानेकुरा पचाउन गाह्रो हुन्छ।

धेरै चियाकफी पिउनाले: जसलाई एसिडिटीको समस्या छ र मुखमा अमिलो पानी आउने समस्या अर्थात् एसिड रिफ्ल्क्सको समस्या हुन्छ उनीहरुले दिनमा ३ कप भन्दा धेरै चिया कफी पिउनु हुँदैन । चिया तथा कफीमा हुने ट्यानिन तत्वले खानामा भएको पोषणलाई राम्रोसँग सरीरलाई शेाषण गर्न दिँदैन र पाचन क्रियालाई खराब बनाउँदछ।

भरी पेटमा व्यायाम: व्यायाम भन्दा पहिले यदि पेट भर्नेगरी खाना खानुभयो भने त्यो पच्नका लागि समय लाग्दछ । यसो हुँदा कहिलेकाहीँ एलर्जी लगायतका समस्या उत्पन्न हुन्छ । खाना लगत्तै व्यायाम गर्दा खाना राम्रोसँग पच्दैन ।

धेरै औषधिको सेवन: कतिपय एन्टीबायोटिक औषधिहरुको साइड इफेक्टका कारण त्यस्ता औषधि सेवन पछि पेट खराब हुन्छ। कहिलेकाहीँ दुइ फरक औषधि एकैपटक सेवन गर्दा त्यसले पाचन क्रियामा असर पूराउँदछ ।त्यसैले सकेसम्म धेरै औषधि सेवन नगर्ने, चिकित्सकले भनेको समय र मात्रा अनुसार सेवन गर्ने तथा औषधि सेवन गर्नुअघि त्यसको साइड इफेक्टका बारेमा जान्नुपर्दछ।

पेटमा हावा भरिनु: मुख धेरै खुल्ला गरेर अर्थात् ठूलो मुख पारेर वा कुरकानी गर्दै खाने गर्नाले खानेकुरासँगै पेटमा हावा पनि छिर्दछ। पेटमा हावा छिर्नाले पेटमा ग्यास उत्पन्न हुने समस्यालाई बढाउने तथा पाचन क्रियामा समेत समस्या पैदा गर्दछ।

यो पनि,थाहा पाउनुहोस् : सुख्खा नरिवल खाँदा महिला पुरुषलाई हुन्छ यती धेरै फाइदा ! नरिवल विभिन्न प्रकारका हुन्छन् । पानी भएको नरिवल, जटा भएको नरिवल र सुख्खा नरिवल । विभिन्न प्रकारका नरिवल स्वास्थ्यको दृष्टिले निकै फाइदाजनक मानिन्छ । नरिवल स्वादिष्ट हुनुका साथै स्वस्थवद्र्धक पनि हुन्छ । त्यसैले धेरै मानिसहरुले यसलाई आफ्नो खानामा समावेश गर्छन् ।

नरिवलको सेवन सबै उमेरका मानिसहरुका लागि आवश्यक हुन्छ । विशेषगरी महिलाले सुख्खा नरिवल किन खानुपर्छ भनेर यहाँ जानकारी दिइँदैछ। सुख्खा नरिवललाई विभिन्न तरिकाले खानामा प्रयोग गर्न सकिन्छ । नरिवलले गुलिया खानेकुराको स्वाद र पोषक तत्वमा वृद्धि गर्छ । यो सबै मानिसहरुका लागि फाइदाजनक हुन्छ तर महिलाका लागि यसको फाइदा अलि बढी नै हुन्छ । यसले महिलामा रक्तअल्पत्ता वा रगतको कमी हुन दिँदैन । साथै गर्भावस्थामा पनि यसको सेवन लाभदायक मानिन्छ ।

सुख्खा नरिवलमा पोषक तत्वःभिटामिन बीसिक्स:– क्याल्सियम:– एन्टीअक्सिडेन्ट्स:महिलाका लागि सुख्खा नरिवलका फाइदाःसुख्खा नरिवल खाँदा स्वास्थ्यले विभिन्न प्रकारको लाभ पाउँछ । यदि तपाईं यसको नियमित सेवन गर्नुहुन्छ भने तपाईं मुटुरोगबाट बच्न सक्नुहुन्छ । साथै गर्भावस्थामा पनि यसको सेवन गर्न सकिन्छ । सुख्खा नरिवलले महिलामा हुने यूटीआईको समस्याबाट पनि राहत प्रदान गर्छ । सुख्खा नरिवलका फाइदा यस प्रकारका छन्:

१. आइरनको कमी हुन दिँदैनःधेरैजसो महिलामा रक्तअल्पत्ता देखिन्छ । महिलामा आइरनको कमी एउटा ठूलो समस्या हो । यसले महिलालाई कमजोरी महसुस गराउँछ जसका कारण थुप्रै समस्या निम्तिने गर्छन् । सुख्खा नरिवलमा निकै राम्रो मात्रामा आइरन पाइन्छ, त्यसैले यसलाई महिलाका लागि फाइदाजनक मानिन्छ ।नरिवललाई खानामा समावेश गर्दा आइरनको कमीको समस्यालाई केही हदसम्म टाढा राख्न सकिन्छ । यसमार्फत् निकै सजिलै हिमोग्लोबिन बढाउन सकिन्छ ।

२. मुटुका लागि फाइदाजनक सुख्खा नरिवलःसुख्खा नरिवलमा अत्यधिक मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जसले तपाईंको हृदयलाई स्वस्थ राख्न मद्दत गर्छ । हुन त एन्टीअक्सिडेन्ट तपाईंको सम्पूर्ण स्वस्थका लागि आवश्यक हुन्छ तर मुटु रोगबाट बच्नका लागि यो एक आवश्यक पोषक तत्व हो । नरिवलमा फिनोलिक तत्व हुन्छ जुन एक एन्टिअक्सिडेन्ट हो । यो तत्वले तन्तुलाई अक्सिडेटिव क्षती हुनबाट जोगाउँछ । नरिवलले हृदयघातको खतरालाई पनि कम गर्छ ।

३. जोर्नी दुखाईमा लाभकारीःमहिलालाई जोर्नी दुखाईको समस्या अत्यधिक हुन्छ । यो एक अत्यन्त पीडादायी समस्या हो । यो समस्याबाट जोगिनका लागि तपाईंले आफ्नो खानामा सुख्खा नरिवल समावेश गर्नुपर्छ । यसमा थोरै मात्रामा क्याल्सियम पनि पाइन्छ जसले हड्डीलाई बलियो बनाउँछ । साथै, यसमा भएका अन्य पोषक तत्वले तपाईंको सम्पूर्ण शरीरलाई बलियो बनाउँछ ।

४. गर्भावस्थामा फाइदाजनक छ सुख्खा नरिवलःसुख्खा नरिवललाई गर्भावस्थाका बेला पनि निकै सहज तरिकाले खान सकिन्छ । यसले महिलाको रोग प्रतिरोधी क्षमता बलियो बनाउँछ । साथै, यो तपाईंको भ्रुणका लागि पनि फाइदाजनक छ । नरिवलमा फ्याटी एसिड हुन्छ जसले शिशुको विकास र वृद्धिमा मद्दत गर्छ । त्यसैले गर्भावस्थामा तपाईंले सुख्खा नरिवलको सेवन कुनै न कुनै रुपमा पक्कै पनि गर्नुपर्छ ।

५. प्रतिरोधी क्षमता:सुख्खा नरिवल पोषक तत्वले भरपुर हुन्छ । यसमा भिटामिन, क्याल्सियम, म्याग्निज, प्रोटिन र आइरन निकै राम्रो मात्रामा पाइन्छ । यस्तोमा यसको सेवनले तपाईंको प्रतिरोधी क्षमतालाई बढाउन सकिन्छ । सुख्खा नरिवलले तपाईंको प्रतिरोधी क्षमता बढाएर रोगबाट लड्न पनि सहयोग गर्छ ।

७. दुधको मात्रा बढाउँछःस्तनपान गराउने महिलाका लागि सुख्खा नरिवलको सेवन निकै फाइदाजनक मानिन्छ । किनभने यसको सेवनले दुधको उत्पादन बढाउँछ । साथै, शिशुले पनि आवश्यक पोषक तत्व पाउँछ । प्रसवपछि यदि नियमित रुपमा नरिवल खाइन्छ भने बच्चाको विकासमा मद्दत मिल्छ । नरिवलमा लरिक एसिड हुन्छ जसले दुधको उत्पादन बढाउन मद्दत गर्छ ।

७. पिसाबको संक्रमणबाट जोगाउँछःमहिलाले धेरैजसो पिसाबको संक्रमणसँग जुध्नुपर्छ । नरिवलको सेवन गर्दा पिसाबको संक्रमणबाट जोगिन सकिन्छ । वास्तवमा नरिवलले पिसाबको संक्रमण पैदा गर्ने ब्याक्टेरिया रोक्छ । नरिवल खाँदा युटिआईजस्तो गम्भीर संक्रमणलाई पनि रोक्न सकिन्छ । योनीलाई स्वस्थ राख्नका लागि पनि तपाईं नरिवलको सेवन गर्न सक्नुहुन्छ । नरिवल पानीले पिसाबको संक्रमणलाई जोगाउने गर्छ ।