No 1 News portal From Nepal in Nepali

जान्नुहोस् कुण्डलीमा रहेका ९ ग्रहले तपाइँको जीवनमा कस्तो अर्थ राख्छ ,कस्तो प्रभाव पार्छ !

ज्योतिष शास्त्रको अनुसार कुण्डलीमा कुल ९ ग्रह हुन्छ मान्छेको जीवनमा सबै ग्रहको छुट्टा-छुट्टै प्रभाव रहेको हुन्छ ज्योतिषशास्त्रको अनुसार जुन ग्रह कुण्डलीमा जसरी बसेको हुन्छ त्यसरी नै त्यसले असर गरेको हुन्छ त्यहि कारणले गर्दा हाम्रो जीवनमा फरक फरक अवस्था आएको हुन्छ ग्रहले हामीलाई शुभ र अशुभ संकेत देखाएको हुन्छ हाम्रो जीवनमा कुन ग्रहले कस्तो असर गरेको हुन्छ ? हेर्नुहोस्

सूर्य- सुर्यमा दुबै प्रकारको शुभ र अशुभ संकेत रहेको हुन्छ शुभ सुर्यले तपाईलाई मान-सम्मान दिन्छ तर अशुभ सुर्यले आँखा सम्बन्धित समस्या देखाउँछ साथै अपमानित पनि हुनु पर्नेछ चन्द्रमा-चन्द्रमा दुबै प्रकारको शुभ र अशुभ संकेत रहेको हुन्छ चन्द्रमा शुभ हुँदा तपाई मानसिक रूपमा स्थिर हुनेछ अशुभ चन्द्रमाले तपाईको मन धेरै चन्चल बनाउनेछ साथै तपाईमा मानसिक तनाव पनि बढी हुन्छ ।

मंगल- मंगल शुभ हुँदाखेरि तपाईलाई जमिन सम्बन्धि काममा विशेष लाभ मिल्छ उक्त काममा तपाईलाई आमाको सहयोग पनि भरपुर मिल्छ यदी मंगल अशुभ भयो भने तपाईको वैवाहिक जीवनमा समस्या आउनसक्छ साथै रगत सम्बन्धि समस्या पनि देखाउन सक्छ ।

बुध- शुभ अवस्थामा बुधले तपाईको दिमागलाई बढी नै तेज बनाउँछ तर यदी अशुभ भयो भने तपाईले दिमागसंग सम्बन्धि कम गर्न सक्नु हुदैन् गुरु- शुभ अवस्थामा गुरुले तपाईलाई धार्मिक काम तर्फ मन लगाउनछ तपाईलाई शिक्षा क्षेत्रमा धेरै लाभ हुन्छ यदी तपाईको गुरु ग्रह अशुभ छ भने जति मेहेनत गर्दा पनि फल पाउन सक्नु हुँदैन् सफलताको लागी एकदमै मेहेनत गर्नुपर्छ । शुक्र- यदी तपाईको शुक्र ग्रह शुभ छ भने तपाईले सबै किसिमको भौतिक सुख-सुविधा पाउनु हुनेछ तपाईको जीवनमा ऐश र आरामले बित्नेछ अशुभ अवस्थामा भने वैवाहिक जीवनमा समस्या आउनेछ ।

शनि- शनि शुभ हुँदाखेरि तपाईलाई मेसिन सम्बन्धि काममा विशेष लाभ मिल्छ यो ग्रह अशुभ हुँदा दुर्भाग्यको सामना गर्नुपर्नेछ | पैसाको समस्या तथा सावरी साधनले धेरै दु:ख दिनेछ ,राहु-केतु- शुभ अवस्था यो ग्रहले रहस्यमयी तरिकाले उपलब्धि दिन्छ तर अशुभ अवस्थामा भने मानसिक सम्बन्धि रोग तथा नशाको सिकार हुनु पर्नेछ ।यसैगरी कोही मानिस मेहेनत गरेर धनी हुन्छन् भने कोही मानिस आफ्नै भाग्यका कारण धनी हुने गर्छन् । तर कोही मानिस आफ्नो राशीका कारण धनी बन्ने संभावना पनि हुन्छ । विशेषगरी निम्न ४ राशी हुने मानिसले निकै धन कमाउने गर्छन् भनेर धर्मशास्त्रमा उल्लेख गरिएको छ।

वृष:- धनको सम्बन्ध दोस्रो र आठौं स्थानमा रहेका राशीसँग जोडिएको हुन्छ । यही भएर दोस्रो स्थानमा रहेको वृष राशी हुने मानिसले धन कमाउने योग बढी हुने गर्छ । वृष राशीको गुरू शुक्र भएका कारण पनि यो राशी हुने मानिसहरू आकर्षक र महंगा सामान किन्न सौखिन हुन्छन् ।वृष राशी हुने मानिसहरू औसत वस्तुलाई त्यति मन पराउँदैनन् । शुक्र ग्रहलाई धन, विलासिता, तथा मोजमस्तीको सूचक पनि मानिन्छ । र यही कारण उनीहरू धन कमाउन निकै मेहेनत गर्ने र कमाउने अवसर खोज्ने गर्छन् । यो राशी हुने मानिसले परिश्रमको महत्व बुझ्नुका साथै मोजमस्ती पनि गर्छन् । साथै वृष राशी हुनेहरू निकै जिद्दी गर्ने र आफूले चाहेको कुरालाई पाएर नै छोड्ने प्रयास गर्छन् ।

वृश्चिक:- वृश्चिक राशी हुने व्यक्तिले भौतिक वस्तुप्रति बढी आशक्ति देखाउँछन् । महंगा सवारी साधन, महल, तथा वस्तुले यी मानिसलाई सधैं आकर्षित गरेका हुन्छन् । वृश्चिक राशी हुने मानिसहरू कुशल व्यापारी हुन्छन् । जीवन तथा संसारलाई हेर्ने दृष्टिकोण पनि अरूको भन्दा फरक हुने गर्छ ।

कर्कट- कर्कट राशी हुने व्यत्तिहरू सधैं राम्रो अवसरको खोजीमा हुन्छन् । बढी भावुक हुने भएकाले आफन्त र परिवारलाई कसरी सुखी राख्ने भनेर सोचिरहेका हुन्छन् । परिवारको इच्छालाई कसरी पूरा गर्ने भन्नेमा नै यी मानिसले बढी ध्यान दिएका हुन्छन् । यही गुणले गर्दा नै उनीहरू बढी मेहेनती हुने र आफ्नो सपनालाई पूरा गरेर छाड्छन् ।

सिंह:- सिंह राशी हुने मानिसले आफूलाई अरूभन्दा फरक बनाउन खोज्छन् । अरू मानिसले आफूलाई ध्यान देऊन्, आफ्नो प्रशंसा गरून् र आफूलाई आदर्श मानून् भन्ने चाहना हुन्छ । यही भएर आफूसँग भएको क्षमता र गुण प्रस्तुत गर्ने गर्छन् । नेतृत्व गर्ने विशेष क्षमता भएका यी मानिससँग ठूल्ठूला चाहना पनि हुन्छन् । महंगा सवारी साधनमा घुमफिर गर्न चाहने, महंगा मोबाइल प्रयोग गर्छन् । आफ्नो व्यक्तित्वले अरूको ध्यान तान्न खोज्छन् । यस्ता गुण भएका कारण नै उनीहरू धन कमाउन लालायित हुने गर्छन् र कमाउँछन् पनि ।