No 1 News portal From Nepal in Nepali

दैनिक एक गिलास गाजर र पालुंगोको रस पिए चस्मा लगाउन नपर्ने

एजेन्सी । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुका यस्ता फाइदा हुन्छन् ।गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ। जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ ।

गाजरको रसमा मरिच मिसाएर पिउँदा रुघाखोकी र कफको समस्या कम हुन्छ । दिनदिनै गाजर पिउँदा ग्यास, अल्सर, अपच र पेट गडबडी जस्ता समस्या हराउँछन् । त्यसको रसमा कागती र पालुंगोको रस मिसाएर पिउँदा कब्जियतको समस्या हटाउँछ । क्याल्सियम, प्याक्टिन फाइबर, भिटामिन ए बी र सीका गुणहरू हुन्छन् ।

यसको सेवनले कोलेस्ट्रोल स्तर नियन्त्रण गरेर मुटुरोगको खतरा कम गर्छ । इम्युन सिस्टमलाई ठीक राख्नका लागि दिनदिनै गाजरको रसमा मह हालेर पिउनुस् । पाचनतन्त्र ठीक राख्नुका साथै पेटका समस्या पनि हटाउँछ । एक सय पचास ग्राम गाजर, तीन लसुन र ल्वाङको अचार बनाएर दिनदिनै बिहान खाँदा पुरानो रुघाखोकी समेत निको हुन्छ ।

गाजरको रसमा अमलाको रस र वीरेनून मिसाएर पिउँदा पिसाबको संक्रमण र पिसाब पोल्ने समस्याबाट मुक्ति पाइन्छ । चुकन्दर, पालुंगो र गाजरलाई कोरेर दूधमा मिसाएर मज्जाले उमाल्नुस् र दिनदिनै पिउनुस् । शरीरमा रगतको कमी हुन पाउँदैन । दिनदिनै दुईवटा काँचो गाजर खाँदा दिमाग तीखो हुनुका साथै आईक्यु स्तर पनि बढ्छ । चश्मा लगाउनुहुन्छ भने दिनदिनै गाजर र पालुंगोको रस एक गिलास पिउनुस् । आँखाको तेज बढ्छ ।

यो पनि,बिहान एक हप्ता खाली पेटमा जिरा पानी पिएर त हेर्नुहोस्, केही दिनमै घट्नेछ तौल ! यस्तो छ प्रयोग गर्ने तरिका, मोटोपनाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन्। शरीर मोटो हुँदा विभिन्न रोगको समेत शिकार हुनुपर्ने अवस्था आउने गरेको छ। पेट तथा शरीरको वजन बढेका कारण केही काम गर्न समेत मुस्किल पर्छ भने मन परेका कपडा लगाउन समेत समस्या पर्छ। मोटोपना घटाउन तपाई व्यायाम गर्न समेत अल्छिमान्नु हुन्छ वा तपाईंलाई समय अभाव छ भने यी उपाय अपनाएर समेत मोटोपना घटाउन सकिन्छ । तर, यो सँगै व्यायाम गर्नु हुन्छ भने यी उपाय थप प्रभावकारी हुनेछन्।

यसरी घटाउन सकिन्छ मोटोपना: दैनिक बेलुका एक चम्चा जिरा सफा पानीमा भिजाउनुहोस् । बिहान उठेर खाली पेटमा यो जिरालाई मज्जालाई चपाएर निल्नुहोस् र बचेको पानीलाई चियाजस्तै तातो बनाएर त्यसमा आधा कागती निचोर्नुहोस् र एक चम्चा मह मिसाएर पिउनुहोस्। जिराले हाम्रो शरिरभित्र रहेको बोसोलाई शरिरमा अवशोषित हुन दिँदैन। तातो पानी र कागतीले शरिरमा जमेको बोसोलाई काट्ने गर्दछ । त्यसैले गर्दा मोटोपनको लागि यो तरिका निकै चमत्कारीक हुने गर्दछ।

यदि तपाईंले यो निकै सजिलो घरेलु तरिका अपनाउने सोच्नुभएको छ भने बिहान नास्ता गर्न छोड्नुहोस् किनभने बिहान ‘हेभी ब्रेकफास्ट’ खाँदा तपाईंले चाहनुभएको नतिजा पाउन सक्नुहुन्न। बिहान यो पानी पिउनुहोस् र दिउँसो मात्र खाना खानुहोस्। खाना खानुभन्दा अघि एक प्लेट सलाद खानुहोस्। खानामा हरियो तरकारीको प्रयोग बढि गर्नुहोस्। राती सुत्नुभन्दा दुई तीन घण्टा अगाडि खाना खानुहोस्।

दिउँसो र राती खाना खाएको केही क्षण पछि नै एक ग्लास तातो पानीमा आधा कागती निचोरेर पिउनुहोस्। खाना खाँदा चिसो पानी नपिउनुहोस्। मैदाले बनेको खानेकुराहरु खादै नखानुहोस् । गुलियो र चीनि मोटोपनाको लागि निकै घातक हुन्छ। फलफूलको जुस पिउनुको साटो फलफूल नै खानुहोस्। यसले शरिरलाई फाइबर प्रदान गर्छ भने छिटो भोक पनि लाग्दैन।