No 1 News portal From Nepal in Nepali

पाँचऔंलेमा हुन्छन् यस्ता औषधीय गुण ! यस्तो छ प्रयोग गर्ने तरिका

नेपालको हिमाली क्षेत्रमा पाइने पाँचऔंलेबारे धरैलाई थाहा नहुन सक्छ । पाँचऔंलेमा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् । नेपाली नाम पाँचऔंले भए पनि स्थानीय भाषामा यसलाई हत्ताजडी, पाँच पाते लगायतका नामले समेत चिनिन्छ । आयुर्वेदमा यसलाई निकै महत्वका साथ लिइन्छ ।

यसको गाना हातको औँला जस्तै पाँच भागमा विभाजित हुने भएको हुँदा यसलाई पाँचऔंले भनिएको हो । यो एक लहरा प्रजातीको वनस्पति हो। यो नेपाल सहित पाकिस्तान, भारत, भुटान चीन लगायतका देशमा पाइन्छ । यसलाई पछिल्लो समय जडिबुटीको व्यापार गर्नेहरुले राम्रो मुल्यमा विभिन्न देशमा निर्यात समेत गर्ने गरेका छन् ।

२ हजार ५ सय मिटको उचाइदेखि ५ हजार मिटरसम्मको उचाइमा पाइने यस वनस्पतिको एउटा मात्र डाँठ हुन्छ भने यसको जरामा गाना फल्दछ । यसको गाना पन्जा जस्तो आकारको पाँचवटा भागमा बाँडिएको हुन्छ। यो वनस्पतिको फूल गुलाफी तथा प्याजी रंगको हुन्छ । विभिन्न प्रकारका रोगहरु निको पार्ने भएकाले आयुर्वेदिक औषधिको रुपमा यसलाई प्रयोग गरिन्छ । यो वनस्पतिको गानो औषधिका रुपमा प्रयोगमा आउँछ ।

पाँचऔंलेको प्रयोग गर्ने तरिका: पाँचऔंलेको जरालाई पिसेर लेप बनाइ लगाउन सकिन्छ । यसले काटेको, पोलेको घाउ चाडै निको हुन्छ । काटेको ठाउँमा रगत बेगेको छ भने यसको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ ।

अन्य औषधीय गुण: लेक लागेमा,स्मरण शक्ति बढाउन,पिसाव सम्बन्धी समस्या निको पार्न,पक्षघात भएमा,पेट दुखेमा,जीउ दुखेमा,यौ’ न शक्ति वा उत्तेजना बढाउन,छालालाई मुलायम बनाउन, शरीर चिलाउने रोक्न,मधुमेह, शुक्राणुको संख्या बढाउन