No 1 News portal From Nepal in Nepali

के हुन् कलेजो रोगका लक्षण ? कलेजो स्वस्थ राख्न के खाने ?

कलेजो हाम्रो शरीरको मुख्य अंग हो। कलेजो स्वस्थ भए पेटसम्बन्धी रोगबाट बँच्न सकिन्छ। कलेजोले शरीरका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र रगत पनि सफा राख्छ। ब्लड सुगरलाई सन्तुलित राख्छ। यसले खाना पचाउन, पोषक तत्वलाई भण्डार गर्न र ब्याक्टेरियालाई समाप्त पार्न सहयोग गर्छ। कलेजो स्वस्थ छैन भने जतिसुकै र जस्तोसुकै स्वस्थ खाना खाए पनि पचाउन सकिँदैन। दैनिक कुनै न कुनै समस्या आइपर्छ।

विभिन्न खाद्यपदार्थले कलेजो स्वस्थ राख्न मद्धत गर्छन्। त्यसमध्ये सबैभन्दा अगाडि आउँछ गाँजर। गाँजरमा भरपूरमात्रामा भिटामिन ए, सी, डी, ई, पोटासियम, म्याग्नेसियम, फस्फोरस र अन्य पोषक तत्व पाइन्छ। यिनले कलेजो स्वस्थ राख्न सहयोग गर्छन्। गाँजर एन्टिअक्सिडेन्टयुक्त हुन्छ।

यस्तै, प्याज कलेजोका लागि अर्को सहयोगी खाद्यपदार्थ हो। यसले खानाको स्वाद बढाउनुका साथै शरीर स्वस्थ राख्न पनि मद्धत गर्छ। प्याजमा सल्फर, एन्टिब्याक्टेरियल, एन्टिभाइरल गुण हुन्छ, जसले कलेजोलाई सफा राख्न मद्धत गर्छ। यस्तै, बेसारले तरकारीलाई आकर्षक पार्नुका साथै कलेजोलाई पनि स्वस्थ राख्छ। बेसारमा कैयौ प्रकारका एन्टिब्याक्टेरियल र एन्टिअक्सिडेन्ट तत्व हुन्छन्, जसले कलेजोलाई मजबूत पार्र्न सहयोग गर्छ।

बेसारले विभिन्न प्रकारका भाइरल र ब्याक्टेरियल रोगबाट बचाउँछ। यसलाई दैनिक रुपमा खानाले शरीर स्वस्थ राख्छ। ग्रीन टी पिउनु पनि स्वास्थ्यका लागि फाइदाजनक छ। यसले तौल घटाउन मद्धत गर्नुका साथै कलेजोलाई पनि स्वस्थ राख्छ। ग्रीन टीमा एन्टिअक्सिडेन्ट तत्व हुन्छ, जसले शरीरका विषाक्त पदार्थलाई हटाउन सहयोग गर्छ। कलेजो स्वस्थ राख्न पालुंगो उपयोगी हुन्छ। पालुंगो कलेजोका साथै आँखाका लागि पनि फाइदाजनक हुन्छ। पालुंगोमा भिटामिन एजस्तै अन्य एन्टिअक्सिडेन्ट हुन्छ, जसले कलेजोलाई स्वस्थ राख्छ।

कलेजो रोग र यसका लक्षण: कलेजोका रोग विभिन्न प्रकारका हुन्छन्। जस्तो प्mयाटी लिभर, जण्डिस, लिभर सिरोसिस, लिभर क्यान्सर, हेपाटाइटिस ए, बी र सी। समयमै यी रोगको निदान र उपचार नभएमा ज्यान जाने सम्भावना पनि हुन्छ।

यसका लक्षण: आँखा र छाला पहेंलो हुनु,छाला चिलाउनु,पेट दुख्नु,घुँडा र खुट्टा सुन्निनु,भोक नलाग्नु,बारम्बार पखाला लाग्नु, तर कुनै पनि औषधिले नछुनु,बारम्बार वान्ता आउनु र पेट माड्नु। शरीरमा आलस्य उत्पन्न हुनु तथा स्मरणशक्ति कमजोर हुनु, पिसाबको रंग गाढा हुनु,पेट अस्वाभाविक रुपमा बढेको छ भने पनि कलेजोमा समस्यो भएको हुनसक्छ। कलेजो रोगका कारण: आनुवंशिक रोग,संक्रमण,कमजोर प्रतिरोधी प्रणाली,अत्यधिक मदिरा सेवन,मोटोपना, मधुमेहका कारण कलेजोमा समस्या आउनसक्छ।