No 1 News portal From Nepal in Nepali

आफैँले बनाउन सकिने केही चामत्कारिक घरेलु औषधि

दाँतका सम्पूर्ण विकारका लागि: बेसार, फिटकिरी, बबुलको बोक्रा, सिधेनुन र निमपत्ता १००–१०० ग्राममा अकरकराको फूल, टिम्मरको बिउ र बर्राेको दानाको बोक्रा ५०–५० ग्राम मिलाउने । उक्त मिश्रणमा २० ग्राम ल्वाङ मिलाएर मसिनो गरी पिँधेर मन्जन बनाउने । उक्त धुलोले दाँत माझ्नाले मुख तथा दाँत गन्हाउने, दाँतमा किरा लाग्ने, दाँत तथा गिजाबाट रगत आउनेजस्ता यावत् समस्याबाट चाँडै छुटकारा मिल्दछ ।

पुरानो खोकीका लागि: ५–७ दाना मरिचलाई मुखमा राखेर दिनभरि चुसिरहनाले खोकी लाग्न सुरु भएकै दिनबाट आराम दिन्छ । एकपल्टमा २–३ दाना मरिच मुखमा राखेर नियमित चुसिरहनाले धेरै पुरानो खोकी पनि ठीक हुन्छ ।

मूत्रविकारका लागि: ५–५ ग्राम निम र पीपलको बोक्राको चूर्णलाई ४०० ग्राम पानीमा पकाई १०० ग्राम पानी रहेपछि छानेर खालीपेटमा (खाना खानुअघि) सेवन गर्नाले केही दिनमै मूत्रविकार नाश हुन्छ ।

गाँठा, हाडजोर्नी दुख्ने रोगका लागि: बेसार, मेथीको दाना र सुठोको बराबर भाग (१०० ग्राम)मा अस्वगन्धा चूर्ण ५० ग्राम मिलाएर धुलो बनाउने र १–१ चम्चा बिहानको नास्ता वा बेलुकाको खानापछि थोरै पानीमा राखी भलुक्क उमालेर नियमित सेवन गर्नाले हाडजोर्नी, कम्मर, गाँठा दुख्ने बाथरोग आदिमा राम्रो फाइदा पु-याउँछ ।

गर्भ तुहिने र बाँझोपनका लागि: शिवलिंगी बिउ १०० ग्राम र पुत्रजीवकको दाना २०० ग्राम मिलाएर पिँध्ने र धुलो बनाउने । त्यसपछि उक्त धुलोलाई एकचौथाइ चम्चा गाईको दूधसँग फिटेर बिहानको नास्ता र बेलुकाको खानापछि केही दिन नियमित सेवन गर्नाले बाँझोपन ठिक भई छिट्टै सन्तानप्राप्ति हुन्छ, पटक–पटक गर्भपात हुनबाट जोगिन्छ ।

सजिलोसँग बच्चा जन्माउनका लागि: अपमार्ग (दतिउन)को जरालाई गोलो बनाई नाभी (नाइटो)माथि लगाउनाले वा यसको जरालाई औँठीजस्तै बनाएर नाभीमा बाँधिदिनाले वा अपमार्गको जराको चूर्णको लेप बनाई नाभीवरिपरि लगाउने वा चूर्णलाई पोको पारी योनिमा राख्नाले ५ देखि १० मिनेटमै विनापीडा सामान्य अवस्थामा बच्चा निस्कन्छ । सावधानी : बच्चा जन्मनासाथ अपमार्गलाई नाभीबाट छिट्टै हटाउनुपर्छ । यदि हटाउन बिर्सियो भने सुत्केरी महिलाको पेट बाहिर निस्कने डर हुन्छ ।

रक्तस्रावका लागि: १–२ ग्राम खाने कपुरलाई एक टुक्रा केरामा राखेर खालीपेटमा खाँदा रक्तस्राव बन्द हुन्छ । एकपटक खाँदा रगत रोकिएन भने तीनपटकसम्म पनि खान सकिन्छ ।
एक गिलास गाईको तातो दूधमा १–२ टुक्रा कागतीको रस निचोरेर तुरुन्तै पिउनाले रक्तस्राव बन्द हुन्छ । यस्तो प्रयोग एक–दुईपटकभन्दा बढी गर्नुहुँदैन ।