No 1 News portal From Nepal in Nepali

यी हुन् ग्रीन कफी खानुका फाइदा

अधिकांश मानिसहरु तौल घटाउन र स्वस्थ रहन ग्रीन टी पिउछन् । तर के तपाईंलाई थाहा छ, ग्रीन कफी स्वास्थ्यका लागि ग्रीन टीभन्दा कयौं गुणा बढी फाइदाजनक छ । यसका फाइदा के–के हुन् थाहा पाऔं।तीब्र रुपमा तौल घट्छ: जसरी ग्रीन टी तौल घटाउन सहयोगी हुन्छ, ग्रीन कफीले पनि सजिलै तौल कम गर्न मद्दत गर्छ । ग्रीन कफीका अनुसन्धानकर्ताहरुका अनुसार यदि बिहान खाली पेटमा नास्ताभन्दा पहिले ग्रीन कर्फीको नियमित सेवन गर्ने हो भने तौल घटाउन सहयोगी हुन्छ । यसले पेटको चिल्लो पदार्थ तीब्र रुपमा हटाउँछ । यसले एक महिनामा २ किलोग्रामसम्म तौल कम गर्न सक्छ ।

रक्तचाप नियन्त्रण गर्छ: यसले उच्च रक्तचाप पनि नियन्त्रण गर्ने पुष्टि भएको छ । बिहान ब्रेकफास्टभन्दा पहिल्यै नियमित रुपमा ग्रीन टी सेवन गर्नाले उच्च रक्तचाप सजिलै नियन्त्रण गर्न सकिन्छ ।

क्यान्सरबाट बचाउँछ: क्यान्सरजस्ता गम्भीर रोगबाट पनि ग्रीन टीले बचाउँछ । यसको प्रयोगबाट शरीरमा ट्युमर बन्ने सम्भावना कम हुन्छ, जो क्यान्सरका वृद्धिका लागि जिम्मेवार मानिन्छन् । यसमा भरपुरमात्रामा एन्टीअक्सिडेन्ट हुन्छ, जसले शरीरलाई तन्दुरुस्त बनाउनेमात्र होइन, तनाव र डिप्रेसनबाट पनि बचाउँछ र मानसिक रुपाम स्वस्थ रहन मद्दत गर्छ ।

मेटाबोलिजम ठीक गर्छ: यसले मेटाबोलिजमको रेट बढाएर उर्जा वृद्धि गर्छ र पाचनतन्त्र सुचारु राख्न मद्दत गर्छ । भुटेको कफीको तुलनामा यसमा बढी पोषक तत्व हुन्छ । यो पिउनाले मुड राम्रो बन्छ र दिमागलाई पनि तेज बनाउछ । यसले दिमागको गतिविधि, प्रतिक्रिया, स्मरण शक्ति र सतर्कतालाई पनि तेज बनाउँछ ।

मुड ठीक गर्छ: ग्रीन कफीमा कोलोरेजेनिक एसिड हुन्छ, जसले मानिसको मुडलाई ठीक गर्न मद्दत गर्छ । साइकोफार्मेसीको एक अनुसन्धानअनुसार यस्तो तथ्य प्राप्त भएको हो । हालै गरिएको यो अध्ययनअनुसार क्याफिनयुक्त र क्याफिनरहित दुवै कफीमा कोलोरोजेनिक एसिड पाइन्छ, जसले मुड सकारात्मक बनाउन मद्दत गर्छ । बढी उमेरका मानिसलाई यो निकै उपयोगी मानिएको छ ।