No 1 News portal From Nepal in Nepali

तपाईलाई थाहा छ ? टुसा उम्रेका गेडा-गुडीको झोल खानुका यस्ता छन् फाइदै-फाइदा

गेडागुडी विभिन्न प्रकारका हुन्छन् । यो हाम्रो भान्सामा पाकिने तरकारी पनि हो । गेडागुडी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै महत्वपूर्ण मानिन्छ। गेडागुडीको रस खानाले हाम्रो शरीरमा प्रोटिनको मात्रा धेरै हुन्छ । यो जो कोहिले पनि खान सक्छ यसको सेवन गर्नाले रोग संग लड्ने क्षमता बृदि हुन्छ ।

गेडागुडी भन्नाले विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राज्मा, भटमास आदिलाई बुझाउँछ । अझ बढी टुसा उम्रेको गेडागुडिमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ । यद्यपि, टुसाएर गेडागुडी प्रयोग गर्दा शरीरले यसमा भएका सबै प्रोटिनलाई सोस्न सक्छ । नियमित नभिजाएको गेडागुडी प्रयोग गर्दा आइरन, जिंक, म्याग्नेसियम, क्याल्सियम लगायतका एन्टिन्युट्रिसन तत्वलाई यसले सोस्न दिँदैन ।