No 1 News portal From Nepal in Nepali

मानसिक तनावले मुटुलाई कसरी असर पुर्‍याउँछ ?

तनाव बिनाको मानिस नै हुँदैन । मानिसमा कुनै न कुनै तनाव हुन्छ नै । अलि-अलि मानसिक तनाव हुनु स्वभाविकै पनि हो । व्यक्तिमा कार्यसम्पादनको अलि-अलि तनाव भयो भने मानिस जोसजाँगरका साथ नतिजा ल्याउन उद्दत हुन्छ । तर, यहि तनाव आवश्यकताभन्दा बढी भयो भने ‘डिप्रेसन’को रूप लिनसक्छ । जसले स्वास्थ्यमा नकारात्मक असर देखाउन थाल्छ । जसलाई हामी शारीरिक समस्या भन्छौं ।

निन्द्रा नलाग्ने, वेचन हुने, डराउने तथा विभिन्न किसिमका समस्या आउन सक्छन् । मानसिक तनावले युवा वर्गलाई प्रभावित गरिरहेको छ । त्यसमा पनि उच्च रक्तचाप समस्या भएको पाइएको छ । ५–६ महिना नर्मल रक्तचाप भएको व्यक्तिमा पनि कामको बढी तनाव, आर्थिक अभाव, पारिवारिक समस्या जस्ता कारणले रक्तचाप बढेको हुन्छ । त्यसैगरी, मुटुको घड्कन बढ्ने, स्वाँ–स्वाँ हुने, आत्तिने, निन्द्रा नलाग्ने जस्ता विभिन्न किसिमका समस्या देखिनथाल्छन् ।

यसको सीधा सम्बन्ध मुटुसँग हुन्छ । किनभने तनावले शरीरमा विभिन्न किसिमका हर्मोन उत्पन्न हुन्छन् । त्यो हार्मोनको सीधा असरमा मुटुमा पर्छ । तत्काल मानसिक तनावलाई कम गरिएन भने त्यसले ठूलो समस्या पैदा गर्नसक्छ । यस्तो अवस्थामा केही समय औषधि खानुपर्ने हुन्छ । औषधि प्रयोग गरेपछि तनावको व्यवस्थापन गर्न सकियो भने त्यो औषधि बन्द गर्न सकिन्छ । धेरै केसहरू म हेर्छु । केही समय समस्या भएका केसहरूमा यस्तो निर्णय लिने गरिन्छ । तनावले उच्चरक्तचाप मात्रै बढाउँदैनकी यसले कोलेस्टोलर, सुगर, माटोपनाको समस्या पनि हुन सक्छ ।

तनावको कारण के हो ? तनावका दुई प्रकार हुन्छन् । एउटा तनाव अरुले दिएर उत्पन्न हुनसक्छ । एउटै आफ्नै कारणले पनि हुनसक्छ । हामीले आफैले गर्ने तनावलाई रोक्न सक्यौं भने पनि धेरै स्वास्थ्य समस्या घटाउन सक्छौं । हामीले समयको व्यवस्थापन राम्रोसँग गरेका हुँदैनौं । एकैपटक धेरै काम गर्नुपर्ने र महत्वकाक्षा धेरै हुने बाँनीले तनाव बढ्नसक्छ । यस्तो अवस्थामा हामीले शरीरलाई आवश्यकता अनुरुप ध्यान दिन सकिरहेका हुँदैनौं । काम गर्ने बेलामा हाम्रो फोकस स्वास्थ्यमा हुँदैन ।

बरू तनाव थुप्रिदै गइराखेको हुन्छ । जसले हाम्रीभित्र ब्लड प्रेसर, सुगर, मुटुमा असर गरिरहेको हुन्छ । हामीलाई यो जटिलता बढेको थाहा हुँदैन । यस्तो अवस्थामा हामीले औषधि प्रयोग गर्न सक्छौं । केही समयमा उच्च रक्तचाप वा मुटुको घड्कन बढेको औषधिको प्रयोग गर्न सक्छौं । प्रेसर र मानसिक तनाव बढेको अवस्था मुटुमा असर गर्न सक्छ । त्यसैले तपाई तनावग्रस्त अवस्थामा हुनुहुन्छ र काबुमा छैन भने चिकित्सकीय परामर्श लिएर भएको समस्याको औषधि खान जरूरी हुन्छ । यस्तो बेला मानसिक समस्याको औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । एन्जाइटी रिलिफ गर्न औषधि प्रयोग गर्नुपर्ने हुन्छ । त्यसलाई हामीले लिमिटेशन गर्न जरुरी छ ।

त्यो स्पेसेलिष्टको सल्लाह अनुसार मात्रै खानुपर्छ । तनावको जुन कारण छ । त्यो नर्मल कारण हुन्छ । त्यसलाई बुझ्न सकियो भने घटाउन सकिन्छ । काउन्सिल गरेर प्राय यस्ता तनाव स्वत घट्ने र त्यसले गरेका समस्या तुरुन्तै रिलिफ हुने हुन्छ । तर, यदि तनावलाई तुरुन्तै व्यवस्थापन गर्न नमिल्ने छ भने समस्या समधानको लागि औषधि खानुपर्छ । मानसिक तनाव घटाउनको लागि निन्द्रा राम्रो हुन आवश्यक हुन्छ । निन्द्रा राम्रो भएन भने यसले भित्र-भित्रै तनाव सिर्जना गर्ने हुन्छ । त्यसैगरी, व्यायम गर्नुपर्छ । यदि कोही व्यक्ति नियमित शारीरिक व्यायम गर्छ भने ब्रेनमा विभिन्न किसिमका हर्मोन उपत्पन्न हुन्छ, त्यसले डिप्रेशन कम गर्ने, स्फूर्ति आउने हुन्छ ।

खानपानमा शाहाकारी कुराको बढी प्रयोग, आफूलाई मनपर्ने काममा समावेश गर्न, तनावको वातावरणबाट टाढा बस्ने, मनपर्ने साथीभाइसँग समय बिताउने जस्ता काम गर्न सकियो भने अधिकांश व्यक्तिमा मानसिक समस्या घट्छ । मानसिक तनावले मुटुमा समस्या ल्याउछ भन्ने कुरा सोच्नुहुँदैन । किनभने यसले मुटुमै समस्या गराउने सम्भावना एकदमै कम छ । तनावले मुटु रोगको जोखिम भने बढाउँछ । त्यसैले सधै तनाव रहित जीवन बितानुपर्छ । (डा. ओममूर्ति अनिल वरिष्ठ मुटुराेग विशेषज्ञ)