No 1 News portal From Nepal in Nepali

नफाल्नुहोस् फाटेको दुधको पानी, यस्ता रोगलाई पार्छ निर्मुल

खास गरी गर्मिको मौसममा दुध फाट्ने गर्दछ । जसको कारणले मानिसहरु यो फाटेको दुधलाई फ्याक्ने गर्दछन् । तर तपाईलाई थाहा छैन होला फाटेको दुधमा प्रोटीनको मात्रा सबैभन्दा बढी हुन्छ। जसले शरीरको इम्यूनटी सिस्टमलाई बुस्ट गर्ने काम गर्दछ । यसले मानिसको शरीर स्वस्थ र निरोगी हुन्छ । डाक्टरको अनुसार फाटेको दुधको पानी सेवन गर्नाले हार्टस्ट्रोक को खतरा कम हुन्छ ।

साथै यसले हृदसम्बन्धि कार्य प्रणलीलाई राम्रो बनाउँछ । त्यसैले फाटेको दुधको पानी पिउनुपर्छ । यसले तपाईलाई हृदयघात सम्बन्धि रोग लाग्नसक्छ । फाटेको दुधको पानीले शरीरको मांसपेशीलाई मजबुत बनाउन मदत गर्दछ । यसले मांसपेशीलाई कुनै नोक्सान पु्र्याउँदैन तथा रगत सञ्चालन पनि सही तरिकाले हुनेगर्छ । यसले मानिसको कहिलेकाँही खुट्टा मड्किने, नशा च्याप्पिने समस्याबाट पनि निजात मिल्दछ ।

फाटेको दुधको पानी कपालमा लगाउनाले कपाल सिल्की र मुलायम हुने गर्दछ। साथमा कपालमा चायाँ पर्ने समस्याबाट पनि यसले मुक्ति दिन्छ । यदि तपाईको अनुहारमा दाग, धब्बाको समस्या छ भने पनि फाटेको दुधको पानीले यसलाई धेरै नै फाइदा हुन्छ । यसले दाग धब्बाको समस्या खतम हुन्छ । यसको पानीलाई आफ्नो अनुहारमा लगाउनुहोस् ।