थाइराइड भनेको घाटीको रुद्रघण्टीको मूनि हुने एक प्रकारको ग्रन्थी हो । यो ग्रन्थी घाँटीमा रुद्रघण्टीको अलिकति तल रहेको हुन्छ । यो ग्रन्थीले आयोडिनबाट बन्ने हर्मोनहरु निकाल्ने गर्दछ । थाइराइड ग्रन्थीले निकाल्ने हर्मोनसँग सम्बन्धित विभिन्न रोगहरु छन् । जस्तै: हाइपरथारोडिजम र हाइपोथारोडिजम । हर्मोनको कमी हुँदा हुने रोगलाइ हाइपोथारोडिजम भनिन्छ । वर्तमान समयमा धेरै हाइपोथारोडिजमका बिरामीहरु भेटिने गरेका छन् । हाइपोथाइरोडिजम अर्थात थाइरोड हर्मोन कम भएका र औषधी खाँदै गरेका बिरामीले जान्नै पर्ने कुराहरु:
१. हाइपोथाइरोडिजमका बिरामीले खाने औषधी भनेको थाइरोक्जिन हो । यो थाइरोड ग्रन्थीले निकाल्ने एक प्रकारको हर्मोन हो । २. थाइरोक्जिन औषधी प्राय: कुनैपनि अवस्थामा हानिकारक हुँदैन । नवजात शिशू, गर्भवती, सुत्केरी अवस्थामा बिना कुनै संकोच यसको प्रयोग गर्न सकिन्छ । तर मुटूका बिरामीमा भने यसको मात्रा मिलाउनु पर्दछ । रगतमा हर्मोनको मात्रा र बिरामीमा देखिएका लक्षणहरुका आधारमा चिकित्सकले औषधीको प्रयोग गर्ने वा नगर्ने निर्णय गर्दछन् ।
३. गर्भावस्थामा थाइरोक्जिनको मात्रा बडाउनु पर्ने हुन सक्छ । त्यसैले गर्भवती गर्भ राख्ने सोचाइमा भएका र पहिलेदेखि नै औषधी सेवन गरिरहेकाले थाइरोडको जाँच गराउन अति आवश्यक छ । ४. चिकित्सकको सल्लाह बिना औषधी सेवन गरिरहेका बिरामीले आफैं औषधीको मात्रा कम गर्ने वा रोक्ने गर्नु हुँदैन । ५. थाइरोक्जिन औषधि सधै खाली पेटमा अर्थात खाना खानुभन्दा आधीदेखि एक घन्टा अघि खानु पर्दछ ।
६. यदि कुनै दिन औषधि खान बिर्सिएको अवस्थामा सम्झिने बित्तिकै खाली पेटमा अथवा अर्को दिन एकैपटक दुई वटा थाइरोक्जिन ट्याब्लेट खान सकिन्छ । ७. हाइपोथाइरोडिजम एक प्रकारको वंशाणुगत रोग हो र थाइरोइड ग्रन्थीलाई असर गर्ने औषधी सेवन गर्नाले पनि यो रोग निम्त्याउन सक्छ । ८. हाइपोथाइरोडिजमका मुख्य लक्षणहरु जस्तै: तौल बड्नु, थकान महशुस हुनु, निन्द्रा धेरै लाग्नु, महिनावारीमा गडबडी हुनु, कपाल झर्नु, कब्जियत हुनु, हातखुट्टा सुन्निनु, गर्भ तुहिनु वा गर्भ नरहनु आदि हुन् ।
९. हाइपोथाइरोडिजमका बिरामीले खानहुने र खान नहुने भन्ने केही हुँदैन् । आयोडिन युक्त खानेकुराहरको बढी प्रयोग गर्ने र आयोडिनको पाचन प्रक्रियामा असर पुर्याउने खानेकुरा जस्तै: गोबीको तरकारी, सोयाबिन आदिहरुको कम प्रयोग गर्नुपर्दछ र जन्क फुड र मैदाबाट बनेको खानेकुराको पनि कम प्रयोग गर्नुपर्दछ ।
१०. चिकित्सको सल्लाह अनुसार थाइरोइडको औषधी खाइरहेका बिरामीले थाइरोइडको निम्ति रगत परिक्षण गर्दा त्यसदिनको औषधी खानु अघि नै रगत जाँचको लागि दिनु पर्दछ । औषधी खाइरहेका बिरामिले शरिरमा TSH को मात्रा सामान्य नहुदाँसम्म हरेक ६ अथवा ८ हप्तामा जाँच गर्नुपर्दछ ।